लोक सांस्कृतिक मेलाका लागि जर्मनको टोली काठमाडौंमा

म्यूजिक खबर
प्रकाशित: ११ फाल्गुन २०७०, आईतवार

काठमाडौं । फागुन १४ गतेबाट हुन लागेको अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाका लागि सहभागी हुन जर्मनका कलाकारको टोली आइतबार काठमाडौं आइपुगेको छ । उनीहरुलाई नेपालमा आइपुग्ने वित्तिकै एभरेष्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष आरसी कोइराला लगायत ग्रुपका प्रतिनिधिहरुले स्वागत गरेका छन् । एभरेष्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा नेपालमा हुन लागेको सातौं लोकसांस्कृतिक मेलामा ११ भन्दा बढी राष्ट्रका ३ सयभन्दा बढी कलाकारहरुले सहभागी जनाउँदैछन् ।
“पर्यटक कलाकारको स्वागत संत्कार नेपाली लोक सस्कृतिको आधार” भन्ने मुल नारा सहित अन्तर्राष्ट्रिय रुपमा लोक सांस्कृतिक मेला गर्दै आएको छ । २०५९ सालमा प्रथम अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला आयोजना गरेपछि हरेम दुई दुई बर्षमा कार्यक्रम गर्दै आएको छ । ग्रुपले दोस्रो, तेस्रो, चौथो, पाचौ साथै गत २०६८ सालमा छैटांैं अन्तर्राष्ट्रिय लोक सांँस्कृतिक मेला आयोजना गरी अन्य मुलुकसँग संस्कृति आदानप्रदान गरिसकेको छ । प्रथम अन्तर्राष्ट्रिय लोक सांँस्कृतिक मेलादेखि छैटौ अन्तर्राष्ट्रिय लोक सांँस्कृतिक मेलासम्म आइपुग्दा ४५ भन्दा बढि देशका २५०० भन्दा बढि कलाकारहरुले आ–आफनो देशको मौलिकता झल्कने सांँस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरिसकेको कार्यक्रममा बताइएको थियो । यसको अलावा यस संस्थाले विश्वको ५० भन्दा बढी मुलुकमा गई प्रत्यक्ष रुपमा नेपाली लोक संस्कृतीको पहिचान गराउदै आएको अध्यक्ष कोइरालाले बताए ।
फागुन १४ गतेदेखि २३ गतेसम्म हुन लागेको यो मेला  काठमाण्डौ, हेटौंडा, घादिङ, पोखरा तथा ललितपुर जस्ता पर्यटकिय तथा ऐतिहासिक क्षेत्रमा गर्न गईरहेको साथै पशुपति बृद्धाश्रम तथा बाल मन्दिरमा पनि हुने जानकारी कार्यक्रममा गराइएको छ । यसबाट देशको विविध संस्कृती, पुरातत्वीक र अन्य पर्यटकिय स्थल तथा प्रकृतीको मात्र नभई विश्वसामु सम्पूर्ण नेपालकै प्रचार–प्रसार हुने ग्रुपले आशा राखेको छ । मेलामा जर्मनी, श्रीलंका, भारत, इन्डोनेसिया, इरान, घाना, कोरिया, मेक्सिको, बङगलादेश, इजरायल र नेपाल सहित विश्वका ११ भन्दा बढी राष्ट्रबाट विभिन्न सांस्कृतिक समुहका ३०० भन्दा वढी कलाकारहरुले भाग लिने उक्त महोत्सवको अवधी १० दिन लामो रहने छ ।

IMG_1188 IMG_1186

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु