ल्यायो प्रतिष्ठानले ‘बालप्रज्ञा’

म्यूजिक खबर
प्रकाशित: १ भाद्र २०७६, आईतवार

काठमाडौं । नेपाल प्रज्ञा(प्रतिष्ठानले अर्धवार्षिक बालसाहित्यिक पत्रिका ‘बालप्रज्ञा’ प्रकाशन गरेको छ । सबै पुस्ता,सबै विधा, विविध विषयक्षेत्र र विविध भाषालाई सम्मानजनक स्थान दिइएको छ । बालरुचि र भावनालाई समेट्ने खालका रचनाहरू समावेश गरिएको ‘बालप्रज्ञा’को प्रधान सम्पादकमा विभागीय प्रमुख प्राज्ञ डा, देवी नेपाल रहनुभएको छ भने सम्पादक समूहमा नवराज रिजाल, गोपीकृष्ण ढुङ्गाना, देवु लुइँटेल र कार्यकारी सम्पादकमा प्रा,डा, ध्रुव घिमिरेलगायत रहेका छन् । बालसाहित्य तथा लोकवार्ता विभागको संयोजनमा प्रकाशित १२० पृष्ठको रङ्गीन पत्रिका ‘बालप्रज्ञा’को पहिलो अङ्कमा प्रधानमन्त्री तथा प्रज्ञा(प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओली, प्रज्ञा(प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, पूर्वकुलपति बैरागी काइँला र पूर्वउपकुलपति प्रा,डा, वासुदेव त्रिपाठीका प्रेरणामूलक शुभकामना रहेका छन् । यसै गरी शताब्दी पुरुषद्वय राष्ट्रकवि माधवप्रसाद घिमिरे र संस्कृतिविद् सत्यमोहन जोशीका रोचकअनुभूतिहरू समाविष्ट छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु