ल्होछारको अवसरमा ८ पत्रकार सम्मानित

म्यूजिक खबर
प्रकाशित: १६ पुष २०७२, बिहीबार

तमू समुदाय विशेष चाडको रुपमा लिइने गरिएको ल्होछार पर्वको अवसरमा तमू गुरुङ सञ्चारकर्मी संघ नेपालले ८ जना पत्रकारलाई सम्मान तथा पुरस्कृत गरेको छ । संघले राजधानीमा एक कार्यक्रम गरी विभिन्न मिडिया तथा सञ्चारगृहमा रहेर गुरुङ समुदायको उत्थान र प्रवद्र्धनमा टेवा पु¥याइरहेका पत्रकारलाई सम्मान र पुरस्कार प्रदान गरेको हो । कार्यक्रममा ‘पूर्वप्रधानसेनापति छत्रमानसिंह–कमला गुरुङ पत्रकारिता पुरस्कार’ बाट चुनबहादुर गुरुङ र नागरिक दैनिकका उपेन्द्र लामिछानेलाई राशी जनही १० हजार एक रुपैयाँ र ताम्रपत्रद्वारा पुरस्कृत गरिएको थियो ।
त्यस्तै, ‘सुश्री भद्रकुमारी घले पत्रकारिता पुरस्कार’ कालिका एफएम चित्तवनका सितादेवी गुरुङ र फोटो पत्रकार नविन गुरुङलाई पाँच हजार राशिसहित ताम्रपत्रद्वारा सम्मान गरिएको थियो ।

nabin
त्यसैगरी ‘तमु आदिकवि हर्कबहादुर स्मृति पुरस्कार’ तमू मैता’ कार्यक्रमका प्रस्तोता तथा निर्देशक युगबहादुर गुरुङलाई दिइएको छ भने यस वर्षको ‘लक्ष्मी पत्रकारिता पुरस्कार’ रेडियो मस्र्याङ्दी लमजुङका स्टेशन म्यानेजर मिना गुरुङलाई प्रदान गरिएको छ । यी दुवै पुरस्कारको राशी १० हजार एक रुपैयाँ र ताम्रपत्र रहेको छ ।

gurung-nabin

कार्यक्रममा ‘सिआई टेक बहादुर’ र ‘रसकुमारी पत्रकारिता पुरस्कार’बाट रेडियो लुम्बिनी रुपन्देहीका देवराज गुरुङलाई दिइएको छ भने यो बर्षको ल्होछार पत्रकारिता पुरस्कारबाट एबीसी टेलिभिजना लोक गुरुङ पुरस्कृत भए । पुरस्कारको राशी पाँच हजार एक रुपैयाँ रहेको छ । पुरस्कृतहरुलाई पुरस्कारका संस्थापकहरुले ताम्रपत्र तथा नगद हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङले पुरस्कारको राशी बढाएर अर्को वर्षदेखि २० हजार रुपैयाँ पु¥याउने घोषणा गरे भने बरिष्ठ पत्रकार चुनबहादुर गुरुङ, उपेन्द्र लामिछाने र मिना गुरुङले बोल्दै पुरस्कारले आफूहरुलाई उर्जाशील बनाएको र अझ बढी जिम्मेवारी बोध गराएको बताएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु