वर्ल्ड कपको ह्याँङ मेटाउन ‘पुन्टे परेड’

म्यूजिक खबर
प्रकाशित: २३ असार २०७१, सोमबार

यति बेला नेपालमा मात्र न भएर संसारभर नै विश्वकपको ह्याँङ छ । त्यस कारणनै स्थापित ब्यानरको फिल्म बजारमा आएका छैनन् । तर विश्वकप सकिए लगतै दर्शकको ह्याँङ मेटाउन थुप्रै फिल्महरु भटाभट रिलिज हुदैछन । यसै क्रममा श्रावन २ बाट दर्शकलाई रिफ्रेश गर्न सुवास कोइरालाको निर्देशनमा तयार भएको पुन्टे परेड प्रदर्शनमा आउने भएको छ । ‘हाम्रो सिनेमाले दर्शकलाई हसाउछ , साथै यसमा टिनएजर्सले आफ्नो कथा पाउने छन्’ निर्देशक कोइरालले सिनेमा बारे बताए । ‘पुन्टे परेड’ टिनएजर्स कै कथा भएकोले यो सिनेमा अभिभावकले पनि हेर्नु पर्ने उनले बताए । ‘यसमा हामीले टिनएजको युवाको चाहनाहरु अनि उनीहरुको चाहना पुरा न उनीहरुले निम्त्याउने समस्याहरुलाई देखाउने प्रयास गरेका छौ , यस कारण सिनेमा अभिभावकको लागि पनि महत्वपूर्ण छ’ निर्देशक कोइरालाले फिल्मको महत्व बारे प्रस्ट्याए ।

punte-pared-2यसअघि ‘अपवाद’ र ‘आवरण’ को निर्देशन गरेका निर्देशक कोइरालाले यसमा कमेडी सोसलड्रामा रहेको बताए । साहन मुभी मेकर्स र आइडियाज एण्ड इमेजेज प्रा. लि. को ब्यानरमा निर्मित यस फिल्मलाई हरि महत संगै सुरज कोइराला र अनिल अधिकारीको लगानी रहेकोछ । फिल्ममा संयम पुरी , एन्जिला दाहाल , निलु डोमा शेर्पा , रबिन्द्र खड्का , स्वेता थापा , गीता अधिकारी , सरोज श्रेष्ठ , नाजिर हुसेन संगै प्रियंका कार्कीको बिशेष भूमिकामा रहेको छ । यो परिकल्पना निलु डोमा शेर्पाको रहेको छ भने यसमा पटकथा तथा सम्वाद शान बस्न्यातको रहेको छ । दर्शना आर्ट्सले बितरण गर्ने यो फिल्म ट्रेलर र यसका डायलग अहिले युवा पुस्ता माझ चर्चा बटुल्दै छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु