वर्षकै प्रतिक्षीत फिल्म ‘मंङ्गलम’को ‘गीत सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २१ भाद्र २०७४, बुधबार

भाद्र २१, काठमाडौं । असोज ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको वर्षको प्रतिक्षीत फिल्म ‘मंगलम्’को ‘पर्ख पर्ख मायालु’ बोलको गीत सार्वजनिक गरिएको छ । कृष्ण काफ्ले र विन्दु परियारको स्वरमा सजिएको उक्त गीतमा लोकप्रिय संगीतकार दिपक शर्माको शब्द तथा संगीत रहेको छ । गीतमा गहतराजले नृत्य निर्देशन गरेका हुन् ।

शिल्पा पोखरेल, पुष्प खड्का र पृथ्वीराज प्रसाईंको लिड रोल रहेको फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाहले अतिथीको भूमिका निर्वाह गरेकी छिन् ।

नायिका शिल्पा पोखरेल प्रस्तुतकर्ता रहेको फिल्मका कार्यकारी निर्माता छविराज ओझा हुन् । फिल्मलाई नवल नेपालले निर्देशन गरेका हुन् ।

फिल्मको निर्मातामा दिजेन्द्र शाक्य, साकार ओझा र ओम गुरुङ रहेका छन् भने विष्णु घिमिरेको छायाँकन, गोविन्द फुँयालको कथा रहेको छ । निर्माता छविराज ओझाका अनुसार, केही दिनमा नै फिल्मको ट्रेलर समेत सार्वजनिक हुनेछ ।

यो फिल्म असोज ११ गते ‘छक्का पन्जा–२’ सँग भिडन्त गर्दैछ ।

हेर्नुहोस् गीत:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु