वलीको ‘आइ लभ यू’ अब कसले सुनिदिन्छ ?

म्यूजिक खबर
प्रकाशित: २१ मंसिर २०७३, मंगलवार

मङ्सिर २१, काठमाडौं । गायिका कोमल वलीको माया प्रेमका कुरा धेरैले धेरैपटक सुने । पोइ चाहियो भनेर उनले सारा संसार भन्दै हिंडिन् त्यति मात्र होइन शिवजीलाई समेत पोइ नपाएको भन्दै गाली गरिन् । पछिल्लो समय अब चाहिँ पोइ चाहियो भन्दिन भनेकी वलीले हुँदा हुँदा फेरि ‘आइ लभ यू प्लिज’ भनेर रिक्वेस्ट गर्न थालेकी छन् । अब उनको आइलभ यू कसले सुनिदिने हो त्यो भने थाहा छैन ।

komal-oli
गायिका कोमल वली एउटा चर्चाकी गायिका हुन् । उनको कलाकारिताको हिसाबले पनि सबैले मान्ने गायिका हुन् । तर उनको प्राय गरेर स्क्यान्डल हुने खालको गीत नै बढी चर्चामा हुने गरेको छ । पछिल्लो समय कोमल बरालसँगै उनले गाएको गीत आइ लभ यू प्लिज यतिखेर उनका बारेमा गफ गर्ने विषय बनेको छ । स्कुले पहिरनमा देखिएकी ओलीलाई गीतभन्दा पनि कस्ती देखिएकी छिन् भन्ने धेरै छन् । कोमल बरालकै शब्द र सन्तोष श्रेष्ठको संगीत रहेको लोकदोहोरी गीत लाइ लभ यू प्लिजलाई गोल्डेन क्रियशनले बजार प्रबद्र्धन गरेको हो । महेन्द्र गौतम र कोमल वलीको अभिनय रहेको म्यूजिक भिडियोलाई स्मृति तिमिल्सिनाले निर्देशन गरेकी छन् । दुर्गा पौडेलको छायाँकन रहेको यस भिडियोका सम्पादक भने दिपक विष्ट रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु