वलीले भनिन्ः पानी नखाई बस्दै पर्दैन (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: ३ भाद्र २०७२, बिहीबार

कोमल वलीले प्राय हरेक सालमा युवा पुस्ताले बढी रुचाइने चर्चित गीतहरु प्रस्तुत गर्ने गरेकी छिन् । विगतका उनका तीज गीत भन्ने बितिकै ‘पोइल जान पाम’, ‘झ्वाँक तन्नेरी’, ‘हल्ला भो शिवजी’ जस्ता गीतहरुको सम्झना जो सुकैलाई पनि आउने गर्दछ । तडकभडक, उरन्ठेउलो एवं  तीज गीतहरु निकाल्दै आएकी र बजार तताउन खप्पिस लोकप्रिय गायिका कोमलले यो सालको तीजमा भने कस्तो गीत प्रस्तुत गर्लीन् त भन्ने प्रतिक्षाको समय सकिएको छ । उनले यो वर्ष ‘पानी नखाई बस्नै पर्दैन’ नामको एल्बम बजारमा ल्याएकी छिन् । विगत वर्षहरुका आफ्नो शैलीलाई ब्रेक गर्दै वलीले यो साल भने समय सापेक्ष गीत निकालेकी हुन् ।

दुखेको दिन आउने भए टारेर टर्दैन,
पानी नखाई मेरै लागि बस्नै पर्दैन,
प्रस्तुत हरफ तीजको ब्रत बसेकी गायिका कोमल वलीलाई गायक अजय अधिकारीले भनेका हुन् । पानी पनि नखाई ब्रत बसिरहेकी पत्नीलाई ब्रत बस्दैमा हुने कुरा टर्दैन भनेर पत्नीलाई आग्रह गरेपछि कोमल वली पनि जवाफ दिन्छिन् –

komal oli
संस्कृति हो सबै बस्छन्, बस्नु पर्दछ,
मेरो आयु जति सबै हजुरलाई सर्दछ ।
वैशाख १२ मा गएको विनाशकारी भुकम्पका कारण अहिले पनि सिङ्गो देश रोइरहेको छ । मन खोलेर नाच्न सक्ने स्थिति पनि नभएको हुनाले समय यो किसिमको गीत निकालेको उनको तर्क छ । नाँच्ने, रम्ने, रमाउने समय नभएतापनि यो गीतले दुखेको मुटु, रोएको मनलाई भने केहि राहत दिलाउने वलीले बताएकी छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु