‘वल्र्ड नेपाली म्युजिक अवार्ड २०१९’ अमेरिकामा हुने

म्यूजिक खबर
प्रकाशित: १३ श्रावण २०७६, सोमबार

आर पोखरेल , काठमान्डाँै ।

नेपाली गीत संगीतलाई समेटेर अमेरिकाको न्युवर्कमा ‘वल्र्ड नेपाली म्युजिक अवार्ड २०१९’ हुने भएको छ । नेपाली कला र सस्कृतिको संरक्षण गर्ने अभिप्रायले विश्वभरबाट तयार हुने गरेका नेपाली गीत संगीतलाई सो अवार्डमा समावेश गर्न पाउने आयोजकले बताएको छ ।

अवार्ड कार्यक्रम आगामी नेभेम्वर २३ तारिखका दिन आयोजना गरिने भएको छ । विश्वभरका नेपाली स्रष्टा, सर्जक र सृजनाहरुलाई प्रोत्साहन स्वरुप अवार्डको आयोजना गर्न लागिएको आयोजकका तर्फबाट सुमन बुढा मगरले बताउनुभयो ।

अवार्डका कार्यक्रमका लागी हालसम्म ३० वटा देशमा रहेका नेपाली गीत संगीतससँग निकट व्यक्तिहरूको नाम चयन भइसकेको र अन्य देशको पनि चाँडै नै नाम चयन गरिने आयोजकले बताएको छ ।

विशेषगरी अवार्डको सीमा विश्वब्यापी भएकाले सबै देशबाट सबै स्रष्टालाई समेट्न आयोजक तीब्ररुपमा लागेको कार्यक्रम संयोजक सुमन बुढा मगरले बताउनुभयो । नेपाली संगीतका विभिन्न २४ वटा विधामा प्रतिस्पधा गरिने भएको छ ।

अवार्डमा सहभागिता जनाउन गत जुन २१ तारिख अर्थात् विश्व संगीत दिवसबाट खुल्ला गरिएको आवेदन अगष्ट ३० सम्ममा भरिसक्नु पर्नेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु