वारिस खाँको आगो र फूल

म्यूजिक खबर
प्रकाशित: १५ चैत्र २०७३, मंगलवार

 

चैत १५, काठमाण्डौ । गायक मोहम्मद वारिस खाँको आधुनिक गीति सङ्ग्रह आगो र फूल राजधानीमा विमोचन गरिएको छ । प्रमुख अतिथि अभिनेत्री रेखा थापा, बिशेष अतिथि संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेष, सङ्गीत रोयल्टी सङ्कलन समाजका अध्यक्ष सुरेश अधिकारी, गजलकार डा.घनश्याम परिश्रमी, सङ्गीत कला पत्रकार संघका अध्यक्ष सुमन बैरागी संगीत उत्पादक समाजका अध्यक्ष निर्मल ढकाल लगायतको हातबाट आगो र फूलको सार्वजनिक गरिएको हो ।

Bimochan_waris khan
गायक खाँको बारेमा बोल्दै प्रस्तोता समाज नेपालका कार्यक्रम निर्देशक नरहरि प्रेमीले गायकसँगको सहकार्यका बारेमा उल्लेख गरेका थिए । मुस्लिम भन्दा काठमाडौंमा कोठा नपाएको र नाम र थर परिवर्तन गरेपछि कोठा पाएको क्षण उल्लेख गर्दै प्रेमीले खाँ राम्रो गायक भएको बताएका थिए । त्यस्तै गजलकार डा. घनश्याम परिश्रमीले खाँ बुबासँगको सामिप्यताले मुस्लिम भित्र एउटा संस्कार भुल्न हुन्न भन्ने विश्वास भएको व्यक्ति भएको हुँदा छोरा पनि संस्कारमा रहेर समाजमा राम्रो बनोस् भन्ने विचार राख्ने व्यक्ति पाएको बताए । उनले बुबाको सोचसँग समाजमा अलि फरक बन्न खोजेको बताउँदै उनको गायनयात्राले शिखर चुम्ने विश्वास राखे ।

aago ra phool
त्यसैगरी सङ्गीत रोयल्टी सङ्कलन समाजका अध्यक्ष सुरेश अधिकारीले खाँ एउटा सच्चा राष्ट्रवादी भएको उल्लेख गरे । नाकाबन्दीको समयमा पनि भैरहवा नाका खुला राखेर देशमा इन्धन अभाव हुन नदिने व्यक्ति भएको उल्लेख गर्दै नेपालप्रति नेगेटिभ भारतीयलाई पोजेटिभ बनाएको घटना सुनाएका थिए । संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेषले वारीस खाँले नविन कार्य नगरेको तर नेपाली संगीतमा भने पृथक आयाम थपेको बताउनु भयो । उहाँले खाँ एक अशल सर्जक भएको बताउनु भयो ।

rekha thapa
त्यस्तै सङ्गीत कला पत्रकार संघका अध्यक्ष सुमन बैरागीले आगो र फूल जस्तै उहाँको दिनचर्या बितेको बताउँदै समाज आगो भएको बेला उहाँ फूल भएर देशमा क्रियाशील रहेका् उल्लेख गरेका थिए । सोही अवसरमा आयोजक संस्था म्यूजिक संसार नेपालले गीतलाई प्रविधिको प्रयोग अनुसार बिक्रीको सुरूवात गरेको थियो । संगीतकला पत्रकार संघका उपाध्यक्ष लोकराज अधिकारीले संचालन गरेको कार्यक्रममा प्रमुख अतिथि नायिका थापाले गायक वारिस खाँले सांगीतिक बिद्रोह गरेको तर त्यो अत्यन्त सह्रानिय भएको बताइन् ।

एल्बममा चारवटा गीत समावेश गरिएको छ । जसमा कित मेरो मुटुलाई, आउनु है कान्छी ,काली काली बान्कि परेकी, जिन्दगीभर जीवनसाथी बोलका गीतमा सुरेश अधिकारी, शिखर सन्तोष, बसन्त सापकोटा, रबिराज शाहको संगीत रहेको छ भने शितल कादम्विनी, सुरेश अधिकारी र प्रगती थापाका शब्द रहेका छन् । कार्यक्रममा ३ गीतको म्यूजिक भिडियो पनि सार्बजनिक गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु