विकासबोर्डमा दर्ता भयो सुर्दशन–पुजाको ‘रामकहानी’

म्यूजिक खबर
प्रकाशित: ८ माघ २०७४, सोमबार

काठमाडौं, ८ माघ । निर्देशक सुदर्शन थापा र अभिनेत्रीबाट निर्मात्री बनेकी पुजा शर्माले चलचित्रको नाम सार्वजनिक गरेका छन् । पुजा र सुदर्शनले बनाउन लागेको चलचित्रको नाम ‘रामकहानी’ राखिएको छ । चलचित्रको नाम ‘रामकहानी’ राखेर विकास बोर्डमा समेत दर्ता गरिएको चलचित्र निर्देशक थापाले जानकारी दिएका हुन्।

माघ महिनाको अन्तिम साताबाट छायांकन सुरु हुने यस चलचित्रमा केदार घिमिरे, विल्सन विक्रम राई, जितु नेपाल, रविन्द्र झा लगायतका कलाकरहरु सार्वजनिक भैसकेका छन्अ भने अभिनेताको नाम भने अझै सार्वजनिक गरिएको छैन।

कमेडी र लभ स्टोरी कथामा निर्माण हुने चलचित्रमा अभिनेत्री पूजा शर्माको मुख्य भूमिका रहने छ भने चलचित्रको अहिले स्क्रिप्टमा काम भैरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु