विकास बोर्ड खारेज गर्नुपर्छ : नीर शाह

म्यूजिक खबर
प्रकाशित: ४ पुष २०७०, बिहीबार

काठमाडौं, ४ पुस । नेपाली चलचित्र उद्योगका क्षेत्रमा सरकारी स्तरबाट गठित भएको एक मात्र चलचित्र विकास बोर्डको खारेज गर्नुपर्ने माग चलचित्रकर्मीहरुबाटै आउन थालेको छ । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ निर्देशक नीर शाहले नेपाली चलचित्रको विकासका लागि केही गर्न नसक्ने चलचित्र विकास बोर्ड काम नलाग्ने भन्दै खारेज गरिनुपर्ने माग अघि सारेका हुन् ।
संविधानसभा सदस्यका लागि कांग्रेसबाट समानुपातिक सूचीमा परेका नीर शाहले राजनीतिकर्मीकै शैलीमा भने – ‘बोर्ड खारेज गर्नका लागि व्यवस्थापिका संसदमा पनि दह्रो आवाज उठ्नेवाला छ, हामी उठाउँछौं ।’
चलचित्र विकास बोर्डमा रहेका पदाधिकारीहरुले सरकारी ढुकुटी रित्याइरहेको आसयमा व्यंग्य गर्दै भएको पैसा चाँडै सक्न पदाधिकारीलाई सुझाव दिए । कार्यक्रममा उपस्थित बोर्डका पदाधिकारीलाई हेर्दै भने – ‘तपाईंले केही देखाउनै पर्छ त्यसका लागि भएको पैसा सक्नुस् ।’
राजधानीमा आयोजित चलचित्र र प्रतिलिपी अधिकार सम्बन्धी गोष्ठीमा वक्ताका रुपमा रहेका नीर शाहले बोर्डप्रति आक्रोश व्यक्त गरेका हुन् ।

तस्वीर : दिनेश डिसी, फेसबुक

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु