विजयको धोकामा सहिमालाई तनाव

म्यूजिक खबर
प्रकाशित: १९ कार्तिक २०७२, बिहीबार

हेरेको हेरेकै हुन्थे होला बोलको गीत गाएपछि चर्चामा आएकी सहिमा श्रेष्ठ अहिले गायनसँगै मोडलिङमा पनि उत्तिकै जमेकी छन् । उनको अभिनयलाई हेर्दा गायकीमा जति मिठास छ त्यत्तिकै अभिनयमा पूर्णता देखिन्छ ।
सहिमा श्रेष्ठको आवाजमा रहेको ‘बार बार जसले दिलमा’ बोलको गीत सुन्दा उत्तिकै कर्णपि्रय लाग्छ । यो गीतको म्यूजिक भिडियो पनि तयार भएको छ । छायांकन भएको लामो समयपछि यो गीतको भिडियो सार्वजनिक गरिएको हो ।

समन अधिकारीले निर्देशन गरेको भिडियोमा एक प्रेमीले दिएको पीडाबाट छटपटाएकी प्रेमिकाको कथा समावेश छ । गीतको भिडियोमा शिवराम श्रेष्ठको छायांकन, निशान घिमिरेको सम्पादन छ ।

भिडियोमा गायिका सहिमा श्रेष्ठले आफै मोडलिङ गरेकी छिन् । उनको साथमा भिडियोमा पहिलो पटक रंग पत्रकार विजय सुवेदी’आवाज’ले काम गरेका छन् । भिडियोमा प्रेममा चुर्लुम्ब डुबाएर प्रेमिकालाई छाड्ने यूवकको भूमिका पत्रकार आवाज देखिएका छन् ।
विजय भन्छन्-’गीतको शब्द, सहिमाको आवाज र निर्देशकको कन्सेप्ट मनपरेपछि मैले काम गरेको हुा ।’ विजयले आफूलाई धेरै भिडियो भन्दा पनि राम्रो भिडियोमा काम गर्ने इच्छा रहेको बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु