विदेशिएपछि नेपालको चिन्ता (भिडियोमा)

म्यूजिक खबर
प्रकाशित: १७ चैत्र २०७१, मंगलवार

स्पेन । विदेशमा भएका सम्पूर्ण नेपालीहरुलाई यतिबेला नेपालको चिन्ता लागेको छ । नेपालमा बेरोजगारी भएपछि ठूलो धनराशी कमाउने सपनामा विदेशिएकाहरुले देख्ने सपना एउटै हुन्छ आफ्नो नेपाल, गाउँ र जन्म दिने बाबुअमा कस्तो भयो होला भन्ने चिन्ता लाग्नु स्वभाविक नै हो । नेपालमा खेलेर खाएका दिनहरु सम्झँदै विदेशी भूमिमा पसिना बगाइरहेका नेपालीहरुको एउटा गाथा बोकेको छ कस्तो भयो होला नेपाल मेरो गाउँ । विदेशमा रहेका नेपालीहरुप्रति समर्पित हुँदै मातृभूमिको सम्झनामा यो गीतलाई निर्माण गरिएको छ । सुमन बैरागीका शब्दमा युरोपमा बस्ने नेपालीहरुको सांगीतिक समूह इनास ब्याण्डले एउटा म्यूजिक भिडियो तयार पारेको हो । जसमा तुलसी शिवाकोटीले स्वर दिएका छन् भने निरज श्रेष्ठको म्यूजिक रहेको छ ।
यस म्यूजिक भिडियोलाई सञ्जयविक्रम शाहले निर्देशन गरेका छन् भने बंशल अधिकारीले छायाँकन गरेका छन् । खगेन्द्र पान्धाक लिम्बूले म्यूजिक भिडियोको सम्पादन गरेका छन् । स्पेन, पोर्चुगल, नर्वे, साउदी अरेयिबा, दुबई, अष्ट्रेलिया, बहराईन, ओमन, थाइल्याण्ड, म्यानमार, अमेरिका, क्यानडा, साइप्रस, फ्रान्स, जर्मन, हल्याण्ड, यूके, इजरायल, इटाली, जापान, कुवेत, मलेसिया, पोल्याण्ड, पेरिस, कतार, सिंगापुर, साउथ कोरिया, बेल्जियमलगायतका देशहरुमा बसोबास गर्दै आएका नेपालीहरुले आइ लभ नेपाल जस्ता प्लेकार्डका साथमा विभिन्न सांगीतिक दृश्यहरुसहित म्यूजिक भिडियोलाई प्रस्तुत गरिएको छ । विदेशमा छरिएर रहेका सम्पूर्ण नेपालीहरुलाई एउटै भिडियोमा अटाउने प्रयासमा कस्तो भयो होला नेपाल मेरो गाउँ बोलको गीतको म्यूजिक भिडियो सफल भएको छ ।

भिडियोका लागि तल क्लिक गर्नुहोस्

music_video Suman Bairagi

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु