विदेश जाँदा श्रीमती अर्कैसँग गएपछिको पीडा

म्यूजिक खबर
प्रकाशित: २६ मंसिर २०७४, मंगलवार

२६ मंसिर, काठमाडौं । पछिल्लो समय गाउँका युवाहरु खाडीमुलुकतिर नै व्यस्त हुन थालेका छन् । खाडी गएकाहरुको पनि धेरैको राम्रै कमाइ भएको छ, घरपरिवारको राम्रो व्यवस्थापन पनि भएको छ । तर केही युवाहरुको भने विदेशमा कमाएर पठाएको पैसा लिएर श्रीमतीहरु अर्कैसँग हिंड्ने समाचार हरु पनि सुन्न आइरहेको पाइन्छ । मरुभूमिमा दुःख गरेर पाठएको पैसा मात्र होइन दुधेबालक छाडेर अर्कैसँग हिंड्नेहरुको कथावस्तुमा तयार भएको गीत ‘बैगुनीलाई सम्झी रुने दिन’ को म्यूजिक भिडियो छायाँकन गरिएको छ ।


गायक दिनेश दाहालको आफ्नै कथामा आधारित रहेर निर्माण गरिएको गीत बैगुनीलाई सम्झी रुने दिनको शब्द सुमन बैरागीले लेखेका हुन् भने लय राजन ठकुरीको रहेको छ ।


सोही गीतको म्यूजिक भिडियोमा मोडल नारायण ढकाल, प्रभा पौडेल, अवतार, दिविशा, दिपेश लगायतको अभिनय रहेको छ । म्यूजिक भिडियोलाई सागर गौतमले छायाँकन गरेका हुन् भने सुमन बैरागी आफैंले निर्देशन गरेका छन् । यतिखेर भिडियोको सम्पादन कार्य भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु