विदेश मेरो दिमागमा प्राथमिकतामा परेनः गायक राई

म्यूजिक खबर
प्रकाशित: २९ मंसिर २०७४, शुक्रबार

२९ मंसिर, काठमाडौं । गायक श्याम सामसोङ राई जे गर्छन् नेपालमा नै गर्छन् । मुलुकको समृद्धिका एवं संगीतको समृद्धिका लागि नै आफूलाई समर्पित गर्ने बताउने गायक आफ्नो दिमागमा विदेश बसाईलाई प्राथमिकतामा नराखेको बताउँछन् ।

मुर्चुङ्गामा रोएँ म सारङ्गीमा रेटिएँ
खोजी हिडेँ आफैंलाई आँसुभित्र भेटिएँ

माथिको कुनै समयमा निकै चर्चित र सबैको मन छुन सफल गीत थियो । जुन गीतले गायक श्याम सामसोङलाई गायकको रुपमा नेपाली संगीत क्षेत्रमा स्थापित गराएको थियो । मुर्चुङ्गा एल्बमसँगै आफूलाई गीतसंगीतमा निरन्तरता दिएको राईले मुर्चङ्गा–२ पनि बजारमा ल्याए । जसको पर्दाफास भो बोलको गीत पनि निकै चर्चामा रह्यो । उनी आफैं म्यूजिक कम्पनी संचालक पनि हुन् । तर पछिल्लो समय गीतसंगीतको व्यापारसँगै रेष्टुरेन्ट व्यवसायमा लागेका गायक श्याम सामसोङसँग म्यूजिकखबरका लागि गरिएको कुराकानी भिडियोमा :

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु