विनमको ‘थोरै रिस धेरै माया’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: १ माघ २०७३, शनिबार ०८:१६

माघ १ काठमाडौं । गायक विनम राईले आफ्नो पहिलो एल्बम ‘प्रयास’को एउटा भिडियो सार्वजनिक गरेका छन् । एल्बम ‘प्रयास’मार्फत नेपाली सांगीतिक क्षेत्रमा पाइला राखेका विनमले ‘थोरै रिस धेरै माया’ बोल गीतलाई स्टुडियो भिडियो सार्वजनिक गरेका हुन् । उज्वल भविष्य खोज्दै सांगीतिक क्षेत्रमा प्रवेश गरेका विनमले भिडियो रिलिज गरेपछि भने, ‘प्रयासबाटै चिनिने प्रयास गरिरहेको छु ।’ उनले एल्बमभन्दा पहिले यो भिडियो दर्शक तथा श्रोतालाई पस्केका हुन् ।

BInam Rai

इलामबाट गायनलाई पनि सपना र करिअर बनाउने उद्देश्यले राजधानी छिरेका उनले भने, ‘आफ्नो गायन प्रतिभालाई गीति एल्बम ‘प्रयास’मार्फत श्रोता तथा दर्शकमाझ ल्याउँने प्रयास गरेको हुँ ।’ सार्जजनिक गीत ‘थोरै रिस धेरै माया’ मा शब्दरचना उनकै रहेको छ भने संगीत टंक बुढाथोकीले गरेका हुन् ।
विनमले दुई साताभित्र ‘प्रयास’ सार्वजनिक गर्ने बताए । उनले भने, ‘तीनवटा गीत तयार भइसकेको छ । अब चाँडै एल्बम तयार हुन्छ ।’ विनमको स्वरमा फरक किसिमको दम्भ छ । उनका स्वरलाई दर्शक तथा श्रोताले पनि रुचाएका छन् । विनम पनि आशावादी छन् । उनी भन्छन्, ‘गीतसंगीत क्षेत्रमा केही गरौं भनेरै आएको हुँ ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु