विनोद र अन्जुमा को पागल बन्ने होलान् ?

म्यूजिक खबर
प्रकाशित: ६ श्रावण २०७२, बुधबार

काठमाडौं । अभिनेता विनोद श्रेष्ठ र मोडल अन्जु निरौलामध्ये अब पागल चाहिँ को बन्ने हुन् हेर्न बाँकी छ । चोभारको वरिपरिका दृश्यमा अभिनेता विनोद र मोडल अन्जुले ‘पागलै बनौंला मेरी मायालु’ भन्दै दिनभर हिंड्न थालेपछि सबैका लागि सोचनीय बनेको थियो ।

kapil_binod
अमेरिकामा रहेका गायक विमल डाँगी विदेशमा रहेर पनि गीतसंगीतको क्षेत्रमा क्रियाशील गायक हुन् । उनी विदेशमा छन् तर उनको स्वर नेपाली लोकदोहोरीको क्षेत्रमा निरन्तर आइरहेको छ । पानसमा बत्ती बालेको, तिमी गयौ अर्कैको डोलीमा, भाग्य फुट्यो ऐना फुटेझैं यो मुटु तिम्रै हो, एउटाकुरा भन्न त पाइएला जस्ता गीतहरुबाट ख्याति कमाइसकेका गायक विमल डाँगीको स्वरको जादू अझै पनि लोकदोहोरीको क्षेत्रमा सुनिरहिएको छ ।

anju_binod
त्यस्तै डाँगीकै स्वरमा धेरै गीतहरु रकेर्ड गराइसकेका गीतकार गणेश चौलागाई पछिल्लो समयमा राम्रा गीत लेख्ने गीतकारको श्रेणीमा पर्ने गर्दछन् । पागलै बनौला मेरी मायालु गीतकार गणेश चौलागाईको पछिल्लो गीत हो । समसामयिक विषयमा वियोगान्त शैलीका गीतका रुपमा यस गीतलाई लिइएको छ । पागलै बनौंला मेरी मायालुको भर्खरै म्यूजिक भिडियो तयार पारिएको छ । कपिल लामाको निर्देशनमा तयार पारिएको यस गीतलाई भक्तपुरको रमणीय स्थलहरुमा छायाँकन गरिएको हो । लोकप्रिय नायक विनोेद श्रेष्ठ र  चर्चित  मोडल अन्जु नीरौलाको यस गीतमा अभिनय रहेको छ । पागलै बनौंला मेरी मायालु निकै राम्रो भएको कारण आफूले यसको बजार व्यवस्थापन गर्न लागेको विन्ध्यवासिनीका म्यूजिक संचालक सुवास रेग्मीले बताए । यस गीतलाई विन्ध्यवासिनी म्यूजिक प्रालिबाट बजारमा आएको हो ।

binodkapilkapil_binodanju_kapil lama rajesh ghimire

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु