विन्ध्यवासिनीमा प्रधानलाई लाइफटाइम, राईलाई संगीतरत्न, भट्टराईलाई कलापत्रकारिता सम्मान

म्यूजिक खबर
प्रकाशित: ८ पुष २०७२, बुधबार

विन्ध्यवासिनी म्यूजिक अवार्डका दिन वरिष्ठ गायक प्रेमध्वज प्रधानलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ भने गायक राजेश पायल राईलाई विन्ध्यवासिनी संगीतरत्न सम्मान प्रदान गरिने भएको छ । त्यस्तै लामो समय संगीत पत्रकारितामा योगदान पु¥याएका पत्रकार कृष्ण भट्टराईलाई विन्ध्यवासिनी कला पत्रकारिता सम्मान प्रदान गरिने भएको छ ।
पौस १० गते आर्मी अफिसर्स क्लबमा सम्पन्न हुन गइरहेको छैठौं विन्ध्यवासिनी म्यूजिक अवार्डको अवसरमा गायक एवं संगीतकार प्रेमध्वज प्रधानलाई ५१ हजार १ सय ५१ नगद सहितको बिन्ध्यबासिनी लाईफ टाईम अचिभमेन अवार्ड प्रदान गरिन लागिएको हो ।

premdhoj pradhan
त्यस्तै १५ हजार ५ सय १५ राशिसहितको बिन्ध्यबासिनी संगीत रत्न सम्मानबाट गायक राजेशपायल राईलाई सम्मान गरिने भएको छ भने २५ हजार ५ सय २५ राशिसहितको बिन्ध्यबासिनी कला पत्रकारिता सम्मानबा कान्तिपुर पब्लिकेशनको साप्ताहिकका पत्रकार कृष्ण भट्टराईलाई सम्मान गरिने भएको छ ।
त्यसैगरी संसारकै सबैभन्दा सानो उमेरमा चलचित्र निर्देशन गरेर गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम राख्न सफल निर्देशक सौगात बिस्टलाई १० हजार १ राशिसहित बिन्ध्यबासिनी चलचित्र सम्मानबाट सम्मानित गरिने भएको अवार्ड आयोजक सुवास रेग्मीले बताए । सोही अवसरमा विभिन्न ३१ विधाका उत्कृष्ट संगीतकर्मी, सर्जक, सिर्जनालाई अवार्ड प्रदान गरिनेछ ।

music

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु