विमलको दसैं घान्द्रुक समाज जापानमा

म्यूजिक खबर
प्रकाशित: १५ कार्तिक २०७२, आईतवार

जापान । घान्द्रुक समाज जापानको निम्तो मान्न जापन पुगेका गायक विमल परियारले यसपालीको दसैं जापानमा नै मनाए । घान्द्रुक निवासी गायक परियारले ब्रेज मेश्रों घान्द्रुक समाज जापानको आयोजनामा यही अक्टुबर २५ तारिक ईकीगामी खाइकन हलमा ‘ब्रेज मेश्रों साँझ –२०१५’ बिबिध सांस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिए । उनीसँगै भिमु गुरुङ, अनिल सिंह लगायतका दर्जनौं कलाकारहरुको सांगीतिक प्रस्तुति त्यहाँ रहेको थियो । जापनामा सांगीतिक कार्यक्रमका लागि पुगेका गायक परियारले भने – आफ्नै घरमा दसैं मनाएजस्तै लाग्यो, घान्द्रुक समाजको निम्तोले मलाई विदेशमा छु जस्तो लागेन, दसैंको अवसरमा सम्पूर्ण नेपालीहरुमा शुभकामना बाँड्न पाइयो खुशी छु ।
कार्यक्रमका सभापति बुद्धी बहादुर गुरुङ, बिशेष अथिति नेपल अधिवासी जनजाती महासंघ जापानका अध्यक्ष पासाङ शेर्पा, थकाली सेवा समिति जापानका अधक्ष्य बुद्धि बहादुर गौचन र तमु धिं जापान का बरिस्ठ उपादक्ष्य श्री भक्त गुरुङ ज्युलगायतले संयुक्त रुपमा कार्यक्रम उद्घाटन गरेका थिए । औपचारिक कार्यक्रम सोहि समाजका सचिव उक्तामन गुरुङले संचालन गरेका थिए भने कार्यक्रमका उद्घोषक ओमप्रकाश गुरुङ र पूनम गुरुङ रहेका थिए ।

bimal pariyar3
कार्यक्रमका प्रमुख आकर्षणका रूपमा नेपालबाट आमन्त्रित कलाकार अनिल सिंह र बिमल परियार थिए भने अर्को कार्यक्रमकै सिलसिलामा जापान आएकी गायिका भिमु गुरुङले पनि दर्शकहरुलाई निक्कै मनोरञ्जन दिएका थिए र साथमा स्थानीय कलाकारहरु अमर गुरुङ, बिनोद भण्डारी, टाशी लामा, अम्बिका गुरुङ, सुमा, अनिशा, सर्मिला, मन गुरुङ, बबिता र रिना लिम्बुलगायतले पनि दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।
समाजको बार्षिकउत्सब सँगै दसैं तिहारको शुभ अवसरमा बाढी पहिरो सहयोगार्थत ूब्रेज मेश्रों साँझू नामकरण गरेको उक्त कार्यक्रमबाट उठेको सबै रकम खर्च कटाएर बाढी पहिरोले क्षतिग्रस्त भएको कोल्टेभाटी पुल र मत्क्यु पुल निर्माणको लागी सहयोग गर्ने कुरा आयोजक कमिटिका प्रचार बिभागका संयोजक युक्तमान गुरुङले बताए ।

bimal pariyar_1 bimal pariyar-2 bimal-bhimu ghandruk samaj bimal-ghandruk

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु