विरही कार्की एकल साँझका लागि भारतबाट सहयोग

म्यूजिक खबर
प्रकाशित: १२ मंसिर २०७०, बुधबार

काठमाडौं । उत्पीडित एवं पिछडिएका चेपाङ जातिको सहयोगार्थ गरिन लागिएको ‘विरही कार्की एकल साँझ’ का लागि भारतबाट एक लाख ५० हजार एक सय एक रुपैया सहयोग उपलब्ध भएको छ । विभिन्न संघसंस्थाहरुबाट सहयोग रकम उपलब्ध भइरहेको अवस्थामा भारतबाट प्रायोजकको रुपमा आएको अहिलेसम्मको यो ठूलो रकम हो ।
अल इन्डिया फेडरेशन अफ भोलुन्टरी अर्गानाइजेशन, सूर्य प्रसाद मेमोरियल शिक्षा निकेतन समिति र बीबीआरएल कन्स्ट्रक्सनले एकल साँझका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेका हुन् । उनीहरुले विरही कार्कीको स्वरले नेपाली लोकसंगीतमा पु¥याएको योगदान र एकल साँझका माध्यमले विरही कार्कीले गर्न लागेको समाजसेवालाई सहयोग पु¥याउनका लागि सहयोग रकम प्रदान गरेको सूर्य प्रसाद मेमोरियल शिक्षा निकेतन समितिका अध्यक्ष लक्ष्मी बरालले बताइन् ।

1393742_554161691332241_1865075417_n - Copy
उत्पीडित एवं पिछडिएका चितवन, गोरखा, धादिङ लगायतका क्षेत्रमा रहेका चेपाङ समुदायमा शिक्षाको ज्योति पुग्न नसकेको कारण उनका बालबालिकाहरु शिक्षाबाट बञ्चित भइरहेको र अझै पनि समुन्नत समाजको सोचमा चेपाङ जातिहरु पुग्न नसकिरहेको अवस्थामा गायक विरही कार्की एकल साँझले गर्न लागेको सहयोगबाट थोरै भए पनि योगदान पुग्नेछ भनी समाजसेवामा आफूले पनि सहयोगी हात फैलाएको अल इन्डिया फेडरेशन अफ भोलुन्टरी अर्गानाइजेशनका विष्णु प्रसादले बताए । विरही कार्की एकल साँझ आउँदो फागुन ३० मा सम्पन्न हुन गइरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु