विरही र सरिता सुनखानी संचालनमा

म्यूजिक खबर
प्रकाशित: २९ चैत्र २०७१, आईतवार

काठमाडौं । गायक विरही कार्की र गायिका सरिता कार्की यतिबेला सुनखानी दोहोरी संचालन गर्न थालेका छन् । लोकगायनको क्षेत्रमा आफ्नो नाम स्थापित गर्न सफल रहेका विरही र सरिताले गीतसंगीतकै क्षेत्रमा रहेर व्यवसाय गर्ने उद्देश्यले दोहोरी संचालनमा ल्याएका हुन् । विरही र सरिताका साथमा गायिका शोभा कुँवर पनि सहकार्य गर्दै अगाडि बढेकी छन् । गायिका कुँवर पनि लामो समयदेखि गीतसंगीतकै क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएकी छन् ।
पछिल्लो समय गायक विरही कार्की र सरिता कार्की पछिल्लो समय बजारमा ल्याएको दोहोरी गीत जूनकिरीको चर्चासँगै व्यवसायमा लागेका हुन् । मायालु हजार, जूनकिरी जस्ता गीतहरु विरही र सरिताले बजारमा ल्याएपछि उनीहरुको चर्चाको शिखर अझ उचाइमा पुगेको हो । लोकदोहोरी व्यवसायलाई अझ स्थापित गर्ने उद्देश्यले सुनखानी रोधी घर संचालनमा ल्याएका हुन् । काठमाडौंको धुम्बराही चोकमा गायक विरही, गायिका सरिता र शोभाको संयुक्त लगानीमा उक्त दोहोरी साँझ संचालनमा आएको हो ।

shova kuwar

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु