विराज बन्ने भए गिरीको युवराज

म्यूजिक खबर
प्रकाशित: १९ माघ २०७०, आईतवार

काठमाडौं, १९ माघ । पछिल्लो समय व्यस्त निर्देशकका रुपमा आएका राजु गिरीले अब भने युवराज गर्ने भएका छन् । ग्ल्यामर चलचित्र निर्देशन गर्ने छवि बनाइसकेका गिरीले विन्दास, विन्दास–२, रक्षा, चन्द्रावती, दिलमाया जस्ता चलचित्र निर्देशन गरिसकेर अहिले टाइगरको सुटिङमा व्यस्त रहिरहेकै बेला अब भने बिग प्रोजेक्टका रुपमा नयाँ चलचित्र युवराज गर्न लागेका हुन् ।
एभरेष्ट इन्टरटेनमेन्ट यूएइको प्रस्तुति रहने चलचित्र युवराजलाई आगामी बैशाखबाट छायाँकनमा लैजाने तयारीमा गिरी लागेका छन् । गिरीकै कथा र निर्देशन रहने उनको चलचित्र युवराजमा कार्यकारी निर्माताका रुपमा भने जिके शर्मा रहेका छन् । पटकथा सम्वाद भने पत्रकार सरोज प्याकुरेलको रहेको छ भने यसको संगीतकार अर्जुन पोखरेल रहने भएका छन् । रोशन श्रेष्ठको द्वन्द्व, सञ्जय लामाको छायाँकन रहने यस चलचित्रलाई ७० प्रतिशतभन्दा बढी यूएईमै छायाँकन गरिने भएको छ । डन सम्बन्धी कथा रहेको यस चलचित्रमा केही कलाकारहरुको छनौट भइसकेको र केही कलाकारहरु छनौट हुन बाँकी रहेको निर्देशक गिरीले जानकारी दिए ।
छनौट भएका कलाकारहरुमा विराज भट्ट, जिके शर्मा, पूजना स्त्री, शुभेच्छा थापा रहेका छन् भने अभिनेत्री निशा अधिकारी कुरा भइरहेको निर्देशक गिरीले बताएका छन् ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु