विशालको कला हेर्न ‘पार्टी डान्स’

म्यूजिक खबर
प्रकाशित: २१ जेष्ठ २०७४, आईतवार

जेष्ठ २१, काठमाडौं । पछिल्लो पुस्ताका ब्यस्त निर्देशक हुन् विशाल नेपाली । उनी मोडलिङ र निर्देशनमा पोख्त मानिन्छन् । छोटो समयेमै आफुलाई स्थापित मोडल र निर्देशकको रुपमा उभ्याएका विशालको शिल्पी कला हेर्नका लागि अब भने पार्टी डान्स हेर्नै पर्छ । विशाल नेपालीद्वारा निर्देशित पार्टी डान्सको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

party dance
उनीद्वारा निर्देशित पार्टी डान्स भिडियोमा पछिल्लो समयमा चर्चा बटुल्दै गरेका व्यस्त मोडल अशिश्मा नकर्मी, अनिल पौडेल र विशाल आफै अभिनय गरेका छन् । फरक शैलीमा डान्स रहेको यो भिडियोलाई ज्ञानेंद्र शर्माले छायांकन गरेका हुन् भने सम्पादन टेकेन्द्र शाहले गरेका हुन् । यो भिडियोमा आफूले देखाएको कला शिल्पीले आफुलाई थप उचाइमा पु¥याउने कुरामा ढुक्क छन् निर्देशक विशाल ।
यस गीतको शब्द, संगीत र एरेन्ज गायक बिशाल निरौलाले गरेका हुन् । यस गीतलाई गोरक्ष म्युजिकले प्रा.लि.ले बजार व्यवस्थापन गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु