विश्वमा छरिएर रहेका नृत्यमा पांरगत नेपालीहरुका लागि खुशीको खबर

म्यूजिक खबर
प्रकाशित: २८ पुष २०७३, बिहीबार

खुला निःशुल्क अन्तराष्ट्रिय नृत्य प्रतियोगीतामा भाग लिने सुनौलो मौका


पौष २८, काटमाण्डौ । नृत्यमा पांरगत तथा पारखीहरुका लागि खुशीको खबर छ । अन्तराष्ट्रिय नृत्य प्रतियोगीता हुने भएको छ, त्यो पनि नेपाली गीतमा । के तपाईं पनि नृत्यमा पारंगत हुनुहुन्छ ? आफ्नो प्रतिभा दुनियाँलाई देखाउन चाहनु हुन्छ ? यदि त्यस्तो हो भने सुनौलो मौका आएको छ, चाँडो गर्नुस् । प्रक्रिया सजिलो छ । फर्म भर्नु पर्दैन । अडिसन पनि दिनु पर्दैन । जहाँ हुनुहुन्छ, त्यहीँ नाचेको भिडियो खिच्नुस् र उक्त भिडियोलाई प्रतियोगीतमा पठाउनुस् जसले तपाईंलाई अन्तराष्ट्रिय नृत्य प्रतियोगीताको विजयी नै बनाउन पनि सक्नेछ ।

अष्ट्रेलिया र काठमाडौंमा रहेका बाबा एजुकेशन कन्सल्टेन्सीको प्रायोजनमा भइरहेको ‘नाईं मलाई थाहा छैन’ अन्तरराष्ट्रिय नृत्य प्रतियोगितामा देश विदेशमा छरिएर रहेका नेपालीहरुले नाचेर भिडियो पठाउन सक्नेछन् ।‘नाईं मलाई थाहा छैन’ अन्तर्राष्ट्रिय नृत्य प्रतियोगिता खुला निःशुल्क प्रतियोगिता हो । गीतको प्रबर्धन गर्न आयोजकले यस्तो नयाँ तरिका अपनाएका हुन् ।

dance-sanjib-parajuli-tika-prasain
प्रतियोगितामा १ जनवरी २०१७ देखि २८ फेब्रुवरी २०१७ सम्म भिडियो पठाउन सकिने छ । प्रतियोगितामा भाग लिन गायक संजिव पराजुली र गायिका टिका प्रसाईंको आवाजमा रहेको गीत ‘नाईं मलाई थाहा छैन’ मा नाच्नु पर्नेछ । उक्त गीत गायक पराजुलीको युट्यूब च्यानलमा अपलोड गरिएको छ । यस गीतलाई लिंकबाट अडियो डाउनलोड गर्न सकिन्छ । प्रतियोगितामा भाग लिन दुई वा दुईभन्दा बढीको समुहमा नाच्नु पर्नेछ । एकजनाले मात्र नाचेको भिडियो प्रतियोगीतामा समावेश नहुने आयोजकले जनाएको छ । भिडीयो खिच्न अत्याधुनिक क्यामेरा र भिडियोग्राफरै चाहिन्छ भन्ने छैन । भिडियो साधारण मोबाइलबाट खिच्दा पनि हुन्छ । नाचेको भिडियो कम्तिमा २ मिनेट २० सकेण्डको हुनै पर्नेछ ।

प्रतियोगिताको लागि खिचेको भिडियो गायक संजिव पराजुली  अथवा गायिका टिका प्रसाईंको मेसेज बक्समा पठाउन सकिने छ । अथवा NaiMalaiCompetition@gmail.com मा इमेल गर्न सकिने छ । भिडियो पठाउँदा नृत्य गर्ने व्यक्तिहरुको पूरा नाम, ठेगाना र सम्पर्क फोन नम्बरसमेत मेसेज गर्नुपर्ने छ ।

भिडियो पठाउँदा नृत्य गर्ने व्यक्तिहरुको पूरा नाम, ठेगाना र सम्पर्क फोन नम्बरसमेत मेसेज गर्नुपर्ने छ । प्राप्त भिडियो प्रतियोगिताको मापदण्डअनुसार हेरेर पठाउने व्यक्तिलाई खबर गरिने आयोजकले जनाएको छ । मापदण्डअनुसारको भए भिडियोलाई गायक पराजुलीको युट्यूब च्यानल र फेसबुक पेजबाट सार्वजनिक गरिने छ । प्राप्त भिडियोमध्ये ख्यातिप्राप्त कोरियोग्राफर र डान्सरहरुको मुल्याङ्कन, फेसबुक पेज र युट्यूब च्यानलमा आएका लाईक, कमेन्ट र शेयरका आधारमा उत्कृष्ट नृत्यको छनौट गरिने आयोजकले जनाएको छ । उत्कृष्ट भिडियोले १ लाख नगद पुरस्कार पाउने छ ।

‘नाईं मलाई थाहा छैन’ गीतमा एकनारायण भण्डारीको शब्द, आशिष अविरलको संगीत तथा अल्मोड़ा उप्रेती रानाको संगीत संयोजन रहेको छ । प्रतियोगितामा भाग लिन पालन गर्नु पर्ने नियम, पुरस्कार राशि आदि प्रश्नहरुको उत्तर गायकद्वयको फेसबुक पेज मार्फ़त सार्वजनिक हुनेछ ।

हेर्दै गर्नुहोला : गायक सञ्जिव पराजुलीको फेसबुक पेज : facebook.com/SanjibParajuli/  र गायिका टिका प्रसाईंको फेसबुक पेज: facebook.com/Tika.Prasain.Music

nepali-dance-nai-malai-tha-chaina

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु