विश्व राईका कविता वाचन

म्यूजिक खबर
प्रकाशित: १३ पुष २०७०, शनिबार

छवि अनित्य, १३ पुस । हेटौंडा साहित्य सङ्गम मकवानपुरको दुई सय २० औँ नियमित साहित्य सन्ध्या शनिबार हेटौंडामा सम्पन्न भएको छ । प्रत्येक महिनाको दोस्रो शनिबार हुने नियमित सन्ध्या अन्तर्गत यसपटक मकवानपुरे युवा कवि विश्व राईका कविताहरु प्रस्तुत गरिएको थियो । सो अवसरमा कवि राईले दाउरा बेच्ने नानी, गर्भस्थ बाँचिरहेको पृथ्वी र भन तिमी को हौ ? शीर्षकका कविता प्रस्तुत गरेका थिए ।

राईका कवितामाथि टिप्पणी गर्दै साहित्यकार निमेष निखिलले राईका कविताले युग चेतना बोकेको बताएका छन् । समकालिन युग चेतना, कलात्मकता र आशावादिताले राईलाई एक सफल कवि बनाएको निखिलको भनाई थियो । सन्ध्यामा सुवास खनाल, देवराज खरेल, शम्भुप्रसाद बास्कोटा, मुना अर्याल, अप्सरा तिमल्सिना, गिरिजा अधिकारी, जेनन नेपाल, पुरुषोत्तम आचार्य, सविता तिमल्सिना, प्रमोद अधिकारी, इश्वर छत्कुली स्पर्श, छवि अनित्य लगायतका साहित्यकारहरुले रचना वाचन गरेका थिए । कवि एवं नाटककार तुल्सी थापाको प्रमुख आतिथ्य तथा सङ्गमका अध्यक्ष आरसी रिजालको अध्यक्षताका कार्यक्रम सम्पन्न भएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु