विष्णुप्रसाद र लक्ष्मी बरालबाट डेढ लाख सहयोग

म्यूजिक खबर
प्रकाशित: १६ मंसिर २०७०, आईतवार

काठमाडौं । चेपाङ बालबालिकाको सहयोगार्थ गरिन लागेको गायक विरही कार्की एकल साँझका लागि प्रवासबाट सहयोग आउने क्रम निन्तर जारी रहेको छ । प्रवासमा रहेर समाजसेवा गर्ने सहयोगी हातहरुबाट कार्कीको एकल साँझका लागि सहयोग आउने क्रमसँगै भारतको दिल्लीमा रहेर समासेवामा तल्लिन रहेका विष्णु प्रसाद बराल र लक्ष्मी बरालले प्रायोजकका रुपमा एक लाख ५० हजार सहयोग प्रदान गरेका छन् ।
बरालद्वय बीबी आर एल कन्स्ट्रक्सन, एसपी मेमोरियल शिक्षा निकेतन समिति, अल इन्डिया फेडरेशन लगायतका संघसंस्थाद्वारा प्रवासमा रहेका नेपालीहरुमा समाजसेवा गरिरहेका छन् ।

सुनखानी म्यूजिकले आयोजना गरेको विरही कार्की एकल साँझका कार्यक्रमद्वारा चेपाङ जातिको समुन्नत विकासका लागि सहयोग गर्न बरालद्वयले आफूहरु उत्सुक भएको भन्दै उक्त सहयोग गरेका हुन् । प्रवासमा रहेर विभिन्न संघसंस्था अग्रणी भूमिका निर्वाह गर्दै समाजसेवामा सक्रिय रहेका विष्णु प्रसाद बराल र लक्ष्मी बरालले आफहरु सधैं प्रवासमा रहेर पनि नेपालीको लागि सहयोग गरिरहने प्रणका साथ अघि बढेको बताएका छन् । एकल साँझ कार्यक्रम आगामी फागुन ३० गते काठमाडौंमा हुन लागेको छ । उक्त कार्यक्रमबाट संकलित रकमलाई चेपाङ जातिको हकहितका लागि प्रदान गरिने आयोजक संस्थाले बताएको छ ।

all india sp memorial bbrl

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु