विहे गर्दै अन्जु

म्यूजिक खबर
प्रकाशित: २४ बैशाख २०७१, बुधबार

काठमाडौं, २३ बैशाख । लोकदोहोरी दर्जनौं म्यूजिक भिडियोमा मोडलिङ गर्दै आएकी अन्जु निरौलाले विहे गर्ने भएकी छन् । युके निवासी सुनिल कार्कीसँग उनले बैशाख २५ गते सम्पन्न हुन लागेको लगनगाँठो कस्न लागेकी हुन् । विरुवागुठी–१, पर्सा निवासी अन्जु निरौलाले बेल्वा–९, पर्सा निवासी कार्कीसँग वैवाहिक बन्धनमा बाँधिन लागेकी हुन् । उनको भव्य कार्यक्रमकाबीच बैशाख २५ गते विहीबार वनस्थलीमा उनको शुभविवाह सम्पन्न हुने भएको छ । म्यूजिक भिडियोको दुनियाँमा राज जमाउन सफल भएकी अन्जु निरौलाले दर्जनौं लोकदोहोरी, आधुनिक म्यूजिक भिडियोहरुमा अभिनय गरेकी छिन् । पछिल्लो समयकी व्यस्त मोडलका रुपमा परिचित भएकी म्यूजिक भिडियोकी नायिका निरौलाले कार्कीसँग हिन्दू परम्पराअनुसार विहे सम्पन्न गरेकी हुन् । केही चलचित्र, टेलिचलचित्रहरुमा समेत अनिभय गरेकी नायिका अन्जुले विवाहपश्चात पनि आफ्नो अभिनयलाई निरन्तरता दिने बताएकी छिन् ।
anju (2)

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु