विहे गर्न मन नभएका विवाहित- भिडियोसहित

म्यूजिक खबर
प्रकाशित: २४ आश्विन २०७१, शुक्रबार

काठमाडौं, २४ असोज । नाम सुन्दैमा अचम्म लाग्ने कुमार पनि विवाहित पनि तर कुरो भने अर्कै रहेछ । विहे गर्ने मन नभएकै कारण उनले नामलाई नै द्विविधामा पारेका रहेछन् । गीतकारको परिचयबाट आफूलाई स्थापित गरेका कुमार विवाहितलाई अहिले भने विहे गर्ने मन छैन रे । आफ्नो उमेरका वसन्तहरुले सीमा नाघ्ने बेला हुँदा पनि विहे गर्ने मन छैन भन्दै प्रत्येक महिनालाई अनेकौं संज्ञा दिन उनी सफल भएका छन् । यतिन्जेल गीतकार भए तर अब भने उनी गायकको परिचयमा आफ्नै स्वरमा गीतलाई लिएर आएका छन् । १२ महिनालाई बाह्रथरी नाटक गर्दै विहे गर्ने मन छैन भन्ने सफल भएका गायक कुमार विवाहितको मन छैनमा नारायणप्रसाद सुवेदीको शब्द र संगीत रहेको छ । विकल्प क्रियशनको प्रस्तुतिमा तयार पारिएको उक्त गीतलाई मुनाल शिशिरले निर्देशन गरेका हुन् भने ज्ञानेन्द्र शर्माले छायाँकन गरेका हुन् ।

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु