वैवाहिक जीवनमा बाँधिए राजबल्लभ

म्यूजिक खबर
प्रकाशित: १९ मंसिर २०७४, मंगलवार

१९ मंसिर, काठमाडौं । अमेरिकाको डिसी महानगर क्षेत्रको स्प्रिङ्गस फिल्डमा नेपाली चलचित्रका नायक तथा साहित्यकार राज बल्लभ कोइरालाको बिवाह सम्पन्न भएको छ । नायक कोइरालाको लामो समयदेखि प्रेममा रहेकी प्रेमिका प्रतिमा बिमलीसँग डिसेम्वर ३ तारिख आइतवारका दिन बिवाह भएको छ । प्रतिमा जीव चिकित्सा अभियन्ता (बायो मेडिकल इन्जिनियर) हुन् ।

बैबाहिक कार्यक्रममा डिसी महानगरका नेपाली समुदायका नायकका नजिकका आफन्त, नातेदारसँग शुभचिन्तक, साहित्यकार, समुदाय सदस्य तथा कलाकारहरूको उपस्थिती रहेको थियो ।

 

चलचित्र ‘हाइवे टु धुम्पुस्’को सुटिङको शिलसिलामा अमेरिका पुगेका राजबल्लभ अहिले अमेरिकामै आइटीको काम गर्छन् । ‘पर्खि बसें’ बाट नेपाली चलचित्रमा अभिनय सुरु गरेका राजबल्लभले पहिलो पहिलो माया, छोडी गए पाप लाग्ला, राघब लगायतकाचलचित्रमा अभिनय गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु