व्यस्त बन्दै प्रवण भुषाल (फोटो फिचर सहित)

म्यूजिक खबर
प्रकाशित: १७ माघ २०७२, आईतवार

नेपालमा मोडलिङ्ग पेशा प्रति आकर्षित युवा जमातको लामै लस्कर लाग्ने भएपनि थोरैले मात्र निरन्तरता दिने गरेको पाईन्छ । दाङ, लमहीका प्रवण भुषाल भने ¥याम्प मोडलिङ्गको माध्यमबाट फिल्मी दुनियाँमा भित्रेका कलाकार हुन । आधादशक देखि विभिन्न ¥याम्प तथा शोहरुमा सकृय भुषाल विभिन्न कम्पनीको विज्ञापन, म्युजिक भिडियो हुँदै फिल्मी क्षेत्रमा प्रवेश गरेका कलाकार हुन ।

मोडलिङ्गमा मात्र सिमित रहँदा आफ्नो चाहना पुरा नहुने ठानेर फिल्मकर्ममा आफुलाई सकृय तुल्याउने सोच बनाएका मोडल, नायक प्रवण भुषालले हालैमात्र चलचित्र लुकामारीको काम सक्काएर अर्को चलचित्र सञ्जालमा व्यस्त बन्दैछन् । विशेषतः शो कुनै तारे होटल वा हलमा सिमित रहने र फिल्म संसारभर फैलिने मध्येमा भएकोले कलाकारीता प्रति आफ्नो झुकाव बढ्दै गएको बताउने नायक भुषाल फिल्मकर्ममा आवश्यक खुबी आफुमा भएको दावी गर्छन् । एक्शन भुमिका मन पर्ने भएपनि आफु चकलेटी नायकको रुपमा स्थापीत हुने उनको विश्वास छ । उनि कलाकारीता बाहेक कार्बो, आयात तथा निर्यात एवं शिक्षाको क्षेत्रमा समेत सकृय रहँदै आएका छन् ।

bhushal3

pravan14

bhushal5

bhushal2

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु