व्यस्त हुँदै सुमन सरगम

म्यूजिक खबर
प्रकाशित: २६ कार्तिक २०७०, मंगलवार

काठमाडांै । खोजी प्रतिभाको सिजन १ को टप ३ सुमन सरगमलाई रियालीटी शोले गायनको उचाइमा पु¥याएको छ भन्दा फरक पर्दैन । रियालीटी शोबाट गायनमा प्रवेश गरेका सुमन यतिबेला एल्बम प्रकाशनमा व्यस्त रहेका छन् । खोजी प्रतिभा सिजन २ का प्रतिस्पर्धी सीडी विजय अधिकारी यतिबेला राम्रो गायकका रुपमा स्थापित हुँदै गरेका बेला सुमन सरगम पनि पहिलो एल्बमको तयारीमा रहेका छन् ।
विभिन्न स्टेज कार्यक्रमहरुमा व्यस्त रहेका सुमन सरगमले बजारमा ल्याउन लागेको एल्वमको ‘म कुनै हतारमा छैन’ बोलको गीत विन्दाबासिनि म्युजिक अवार्डमा वेस्ट आटिस्र्ट पप एण्ड मोर्डन विधामा नोमिनेशनमा परेको छ । खोजी प्रतिभाको सिजन १ मा टप ३ भएपछि साङ्गीतिक करियर सुरु गरेका सुमनले करिव ५ वर्षको अध्ययन पश्चात पहिलो एल्वम ल्याउन लागेका हुन् । एल्वमको तयारी सकिएको र एल्वम विमोचन हुन बाँकी रहेको गायक सुमनले बताए । एल्वमको तयारी करिव १ वर्ष अगाडिदेखि गरिरहे पनि आर्थिक अभावका कारण समयमै एल्बम निकाल्न नसकेको गुनासो पोखे ।
गायक सुमनले एल्वमको तयारीको बारेमा बताउदै भने,–‘खोजिप्रतिभाको फाईनलमा लाईभ मेरो पर्फमेन्स हेरेर, लण्डनमा बस्नुहुने विश्वकाजी राईले मेरो स्वर मनपराउनु भएछ । त्यसपछि उहाँको सहयोगबाट मैले ‘म कुनै हतारमा छैन’ बोलको गीत रेकर्ङ सफल भएको हुँ । यहि गीत सुनेर, लण्डनबाटै अन्य गीत रेकर्डिङ र भिडियोका लागि आर्थिक सहयोग प्राप्त भएपछि एल्वको तयारी गरेको सुमनले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु