व्युटिफुल बने सुनिता र अपेक्षा

म्यूजिक खबर
प्रकाशित: १ माघ २०७३, शनिबार

माघ २, काठमाडौं । विवाहित र अविबाहित महिलाबिच राजधानीमा एकसाथ दुई सौन्दर्य प्रतियोगितामा मिसेस व्युटिफुल सुनिता र मिस ब्यूटिफूल अपेक्षा बन्न सफल भइन् । दक्ष इन्टरनेशनल प्रालिले एकसाथ एकै मञ्चमा विवाहित र अबिबाहित युवतीबिच मिस व्युटिफुल नेपाल र मिसेस व्युटिफुल आयोजना गरेको हो ।

Mrs
गत सालबाट आरम्भ गरिएको दोस्रो संस्करणको मिस व्युटीफूल नेपाल २०१७ को ताज अपेक्षा ढुंगानाले जितेकी छिन् भने यसै वर्षबाट शुरु गरिएको पहिलो संस्करणको मिसेस ब्युटीफूल नेपाल २०१७ को ताज सुनिता कर्माचार्यले जितेकी छिन्। राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न मिस व्युटीफूल नेपाल २०१७ प्रतियोगीतामा अपेक्षा ढुंगानाले १९ जना प्रतिस्पर्धीलाई पछाडि छोड्दै ताज आप्mनो बनाएकी हुन्। त्यसै गरी सुनिता कर्माचार्य ७ सह प्रतिस्पर्धीलाई पछाडि पार्दै मिसेस ब्युटीफुल नेपाल २०१७ को ताजको हकदार भएकी हुन्।
एकै मञ्चमा आयोजित प्रतियोगितामा मिस ब्युटीफूल नेपाल २०१७ को ताज चुमेकी अपेक्षाले बेस्ट स्माइलको उपउपाधि पनि जितेकी छिन् भने मिसेस ब्युटीफूल नेपाल २०१७ ताज चुमेकी सुनिता कर्माचार्यले बेस्ट हेयर र बेष्ट पर्सनालिटीको उपाधिसमेत जितेकी छिन्। सुन्दरीहरुबिचको मिस ब्युटीफूल नेपाल २०१७ प्रतियोगितमा एलिना बस्नेत फस्ट, कृति सिग्देल सेकेण्ड र युनिसा लामा थर्ड रनर्सअप भएका छन्। यो प्रतियोगितामा बिन्दु न्यौपाने मस्ट पपुलर, कृति सिग्देल मिस क्याटवक, एलिना बस्नेत मिस ट्यालेन्ट र बेस्ट स्पीच, अरिजा शाक्य बेस्ट हेयर र मस्ट फ्रेन्डली, रोजी कपाली बेस्ट स्किन, दिपाशा कपाली बेस्ट पर्सनालिटी, रोशनी अधिकारि मस्ट चार्मिङ, कबिता रिजाल बेस्ट फिटनेस, रोजिना बानिया मिस कन्जिनियालिटि, पुजा लामिछाने मस्ट डिसिप्लिन, स्वस्तिका श्रेष्ठ मष्ट ब्युटीफूल आईज, मनिषा महर्जन बेस्ट फिजिक्स, चण्डिका श्रेष्ठ फेसन आइकन अवार्ड, नन्दनी श्रेष्ठ, मस्ट एक्टिभ, रेबिका ढुंगेल मष्ट कन्फिडेण्ट, युनिषा लामा मष्ट फोटोजेनिक, मनिला थापा फेसबुक च्वाईस र प्रियंका शाह म्याञ्ज्मेण्ट च्वाईस अवार्ड विजेता भए।

Miss
त्यसै गरी मिसेस ब्युटीफूल नेपाल २०१७ तर्फ बिना तामाङ फस्ट रनर्सअपका साथमा बेस्ट फिटनेस तथा अमृता राना सेकेण्ड रनर्सअपका साथमा बेष्ट स्किन उप उपाधिको विजेता भए। यो प्रतियोगितामा सोनी चौरासिया मष्ट पपुलर, बेस्ट फिजिक्स र फेसबुक च्वाइस, समिता श्रेष्ठ बेस्ट क्याटवक र बेष्ट फोटोजेनिक, रेखा सिंगल बेस्ट ट्यालेन्ट र पुष्पा बज्राचार्य मष्ट फ्रेन्डली घोषित भए ।

mrs_ms
कोरियोग्राफर आश्विनी झाको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा अभिनेता सरोज खनाल, अभिनेत्री सञ्चिचता लुईंटेल, नेपाल चलचित्र निर्देशक समाजकी अधक्ष्य सुचित्रा श्रेष्ठ, संचारकर्मी सुर्य चन्द, नायिका जस्मिन श्रेष्ठ, इभेन्ट अर्गाइनजर निशुकान्त झा, संचारकर्मी सरोज प्याकुरेल निर्णायक रहेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु