शनिबार दिनभर लक्स कामना फिल्म अवार्ड हेर्न पाइने

म्यूजिक खबर
प्रकाशित: ८ चैत्र २०७४, बिहीबार

८ चैत, काठमाडौं । गत माघ १६ गते राजधानीमा सम्पन्न लक्स कामना फिल्म अवार्डस् २०७४ चैत १० गते शनिबार राष्ट्रिय टेलिभिजन च्यानलहरुमा हेर्न पाईने भएको छ । कामना सिने मासिकको प्रकाशन संस्था कामना न्यूज पब्लिकेसन्स्द्धारा सिजी इन्टरटेनमेन्टको सहयकार्यमा आयोजित तेस्रो संस्करणको अवार्ड समारोह शनिबार दिनभर राष्ट्रिय टेलिभिजन च्यानलहरुमा हेर्न पाईने भएको हो ।
लक्स कामना फिल्म अवार्डस् २०७४ बिहान ११ बजे हिमालय टेलिभिजन, अपरान्ह १ बजे नेपाल टेलिभिजन, अपरान्ह साँढे २ बजे न्यूज २४ र राती ८ बजे टिभी फिल्मीमा प्रसारण हुनेछ । अवार्ड समारोह टिभी फिल्मीमा आईतबार बिहान ११ बजे पूनः प्रसारण हुनेछ ।


आर्मी अफिसर्स क्लबको सभा मण्डपमा भरिभराउन कलाकर्मीका बिच सम्पन्न यस वर्षको लक्स कामना फिल्म अवार्डस् २०७४ सरप्राइज नै सरप्राइजको प्याकेज बनेको थियो । स्वर सम्राट नारायण गोपालप्रति श्रद्धासुमन अर्पण गर्दै शुरु गरिएको समारोहमा गायक रामकृष्ण ढकालले २०४५ सालमा आयोजित नारायणगोपालको स्वर्णिम सन्ध्याको झल्को दिँदै सोही कार्यक्रमको मञ्ज सज्जाका साथ नारायणगोपालकै भेषमा प्रस्तुत भई उनका गीतहरु प्रस्तुत गरेका थिए। उनलाई गायिका जूना प्रसाईंले साथ दिएकी थिइन् ।


समारोहमा जितु नेपाल नाटकीयरुपमा दर्शकदिर्घाबाट मञ्चमा प्रवेश गर्दै हस्यौली र कार्यक्रम प्रस्तोतका रुपमा प्रस्तुत भएका थिए भने केदार घिमिरे र सिता घिमिरेको जोडीले प्रहसन प्रस्तुत गरी मनोरञ्जन दिलाएका थिए । कार्यक्रम सञ्चालकद्धय नरेश भट्टराई र मिस नेपाल २००५ सुगरिका केसीले पनि नाटकीय र रोचक रुपमा कार्यक्रम सञ्चालन गरेका थिए । त्यसमा अभिनेता सुुनिल थापासमेत थपिएका थिए । नायिका केकी अधिकारीले विनोद न्यौपाने र राजाराम पौडेलका साथ समूह बनाएर आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन् भने भने दिपाशा बिसीले रमेश थापाका साथ आइटम डान्स गरेर माहौल तताएकी थिइन् । त्यसै गरी पल शाह, आँचल शर्मा, प्रियंका कार्की, सुमन गिरी र दीपाश्री निरौलाले अर्को समूहमा बा“धिएर दर्शक तताएका थिए । यो प्रस्तुतिको अन्त्यमा नायिका प्रियंका कार्कीले पुरुष भेषमा प्रस्तुत भएर सरप्राइज दिएकी थिइन् भने दर्शक दिर्घामा पुगेर नृत्य गरेर समारोहलाई थप रोचक बनाएकी थिइन्। सबै नृत्यको कोरियोग्राफी कविराज गहतराजले गरेका थिए । प्रियंका कार्की, दीपाश्री निरौला, राजाराम पौडेल, केकी अधिकारी, पल शाह, आँचल शर्माजस्ता कलाकारहरु विभिन्न नृत्यका साथ प्रस्तुत हु“दा समारोहमा रोमाञ्कता छरिन पुगेको थियो।

 

कार्यक्रको अर्को आकर्षण बनेको थियो मेडली । जसमा कृष्ण काप्mले, दीपाश्री निरौला, ताराप्रकाश लिम्बु, मीना निरौला, युवराज चौलागाईं, एम बराल, आनन्द कार्की, शम्भुजीत बासकोटा, तारा थापा, प्रेमध्वज प्रधान र मदनकृष्ण श्रेष्ठले पालै पाले आ आप्mना गीत गाएर सरप्राइज दिएका थिए भने अन्त्यमा सबै कलाकारले एउटै गीत गाएर मेडलेको बिट मार्दै एकअर्काप्रति प्रेम र स्नेह भाव देखाएका थिए। यो प्रस्तुतिले नयाँ र पूरानो पुस्तालाई जोड्ने काम गरेको थियो । नयाँ पुस्तका गायकगायिकासँगै पालै पालो मदनकृष्ण श्रेष्ठ, प्रेमध्वज प्रधान, तारा थापा, शम्भुजित बासकोटा, आनन्द कार्की, एम बरालजस्ता गायक गायिकाहरु गायन प्रस्तुतिका साथ प्रस्तुत हुँदा समारोहमा आश्चार्य र रोमाञ्चकता छरिएको थियो ।


अवार्डमा सर्वाधिक १७ विधाको मनोनयनमा परेको चलचित्र छक्का पञ्जाले सर्वोत्कृष्ट चलचित्रसँगै नव निर्देशक, खलपात्र, गायक, हास्य कलाकार, सहअभिनेता, संवाद र नृत्य निर्देशक गरी सर्वाधिक ८ विधाको अवार्ड चुमेको थियो। ९ विधाको मनोनयनमा परेको चलचित्र डाइङ क्याण्डलले जुरी अवार्डका साथ ५ विधाको अवार्डलाई आप्mनो बनाएको थियो । अभिनेताको अवार्ड जात्राबाट विपिन कार्कीले चुमेका थिए भने अभिनेत्रीको अवार्डलाई डाइङ क्याण्डलबाट सिर्जना सुब्बाले आप्mनो बनाएकी थिइन्। त्यसै गरी १४ विधाको मनोनयनमा परेको गाजलुले ४ विधाको अवार्ड चुमेको थियो ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु