‘शब्द मोहनी’ बजारमा

म्यूजिक खबर
प्रकाशित: १८ फाल्गुन २०७०, आईतवार

काठमाडौँ । साहित्यकार मिलन शाह शङ्करको ‘शब्द मोहनी’ नामक गजलसङ्ग्रह बजारमा आएको छ । सो सङ्ग्रहमा मुलुकको समसामायिक विषयवस्तु, सामाजिक न्याय, समानता, जीवन, खुसी आदि विषयका ७३ गजल सङ्गृहीत छन् ।
काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका उपाध्यक्ष एवं नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकाली, कवि श्रवण मुकारुङलगायतको हातबाट संग्रहको विमोचन गरिएको हो ।
लोकपर्णपछि बोल्दै लेकालीले साहित्यकारले जुनसुकै विधाबाट पनि उठाएका विषयवस्तुले समाजको समस्यालाई प्रतिनिधित्व गर्ने बताए । साहित्यकार श्रवण मुकारुङले मुलुकमा जातीय सद्भाव एवम् राष्ट्रिय अखण्डताको संरक्षणका लागि सम्पूर्ण साहित्यकार एक जुट हुनुपर्ने औँल्याए । कार्यक्रम पत्रकार गीता अधिकारीले संचालन गरेकी थिइन् ।

sabda mohani

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु