शान्तिप्रियको निर्देशनमा खुश्बु र सनमको रोमान्स

म्यूजिक खबर
प्रकाशित: ११ माघ २०७४, बिहीबार

११ माघ, काठमाडौं । पत्रकार शान्तिप्रिय आजभोलि म्यूजिक भिडियो निर्देशनमा निकै व्यस्त बन्दै आएका छन् । पत्रकारितामा एउटा उचाई कायम गरिसकेका उनले गीतिलेखनमा पनि अब्बल दर्जामा आफूलाई स्थापित गराइसकेका छन् । साहित्यको विधामा समेत स्थापित नामका रुपमा शान्तिप्रियलाई लिइने गरिन्छ भने पछिल्लो समय उनी म्यूजिक भिडियो निर्देशनमा व्यस्त बन्दै आएका छन् ।


आज मात्र निर्देशन गरिएको म्यूजिक भिडियोमा उनले सनम कठायत र खुश्बु खड्कालाई फिचरिङ गराएका छन् । ललितकलाको क्षेत्रमा चर्चित कलाकारका रुपमा परिचित ज्योतिप्रकाश आजभोलि भने गायन र संगीतमा व्यस्त छन् । ज्योतिप्रकाशकै स्वर र संगीतमा रहेको चन्द्र भट्टचनद्वारा लिखित गीत ‘हिजोभन्दा आज राम्री आजभन्दा भोलि’ गीतलाई शान्तिप्रियले निर्देशन गरेका हुन् ।

यस म्यूजिक भिडियोलाई गोविन्द अन्जानले छायाँकन गरेका छन् । म्यूजिक भिडियोलाई ठमेलस्थित होटल आर्टकै वरिपरिको दृश्यमा छायाँकन गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु