शान्तिप्रियको नेतृत्वलाई सम्मानै सम्मान

म्यूजिक खबर
प्रकाशित: १९ चैत्र २०७०, बुधबार

काठमाडौं । चलचित्र पत्रकार संघमा शान्तिप्रियको नेतृत्वमा नयाँ कार्यसमिति आएपछि सम्मानै सम्मान मिलेको छ । नयाँ कार्यसमितिलाई सम्मान दिनका लागि कहिले कुन संस्थाले निम्तो पठाइरहेको हुन्छ भने कहिले कुन । यसैक्रममा एभरेष्ट नेपाल कल्चरल ग्रुपले चलचित्र पत्रकार संघको नयाँ कार्यसमितिलाई सम्मान गरेको छ । ग्रुपका अध्यक्ष आरसी कोइरालाले चलचित्र पत्रकार संघका कार्यसमितिहरुलाई ढाका टोपी र माला लगाइदिएर ताम्रपत्रद्वारा सम्मान गरेका थिए । गत चैत ६ गते सम्पन्न भएको निर्वाचनबाट शान्तिप्रियको अध्यक्षतामा निर्वाचित भएको नयाँ कार्यसमितिलाई बधाई तथा सम्मान गरिएको हो । उक्त अवसरमा गत फागुन २३ मा सम्पन्न भएको अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा सहयोग पु¥याउने सहयोगी हातहरुलाई सम्मान गरिएको थियो ।
उक्त अवसरमा एभरेष्ट नेपाल कल्चर ग्रुपले केही समयअघि सम्पन्न सातौं अन्तर्राष्ट्रिय लोकसांस्कृतिक मेलालाई सघाउ पु¥याउने संघसंस्था, व्यक्ति एवं सञ्चारमाध्यमलाई धन्यवाद कार्यक्रम गरेको छ । उक्त धन्यवाद ज्ञापन कार्यक्रममा आफ्नो कार्यक्रम सफल पार्नका लागि विज्ञापनदाताहरुदेखि लिएर स्थानिय आयोजक एवम् अन्य सहयोगी महानुभावहरुप्रति प्रशंसा पत्र प्रदान गर्दै आभार व्यक्त गरिएको हो । pramila rijal
समारोहको सभापतित्व एभरेष्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष आरसी कोइरालाले गरेका थिए । समारोहमा एभरेष्ट नेपाल कल्चरल ग्रुपसँग आबद्ध एवम् लोकसंगीतका क्षेत्रमा क्रियाशील रहि आएका नारायण रायमाझी, दुर्गा रायमाझी, चन्द्र शर्मा, प्रजापति पराजुली, मिना कोइरालाआदिले आयोजकको रुपमा आसन ग्रहण गरेका थिए ।
कार्यक्रमको संचालन बिएस लामिछाने एवं शित्तल आचार्यले गरेका थिए भने समारोहमा चलचित्र पत्रकार संघका नवनिर्वाचित कार्यसमितिलाई स्वागत एवम् सम्मान गरिएको थियो । त्यस्तै सोही समारोहमा इन्डियन आइडियल समेत बन्न सफल तथा नेपाली चलचित्रमा अभिनेताका रुपमा स्थापित भइरहेका प्रशान्त तामाङलाई पनि सम्मान गरिएको थियो । तामाङ यतिखेर एभरेष्ट नेपाल कल्चरल ग्रुपकै निर्देशक नारायण रायमाझीको पछिल्लो चलचित्र प्रवासको छायाँकनमा नेपालमै रहेका छन् । समारोहमा सभापतिको आसनबाट बोल्दै आरसी कोइरालाले सम्पूर्ण क्षेत्रको सहयोगबाट सातौं अन्तर्राष्ट्रिय सांस्कृतिक मेला भव्य रुपमा सम्पन्न भएको र आगामी दिनमा पनि सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे ।

कलाकार संघको सम्मान
चलचित्र कलाकार संघले चलचित्र पत्रकार संघको नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरेको छ । चलचित्र पत्रकार संघमा शान्तिप्रियको नेतृत्वमा नयाँ कार्यसमिति आएपछि पत्रकारहरुलाई सम्मान गर्ने क्रममा कलाकार संघ पहिलो भएको हो । चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्काले शान्तिप्रियको अध्यक्षतामा भएको नयाँ कार्यसमितिलाई सम्मान गरेका हुन् । संघको कार्यालयमा नै आयोजना गरिएको उक्त कार्यक्रममा चलचित्र पत्रकार संघका कार्यसमितिलाई खादा ओढाएर ताम्रपत्र सहित सम्मान गरिएको हो । गत आइतबार संघ अध्यक्ष नवल खड्का अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै संघका अध्यक्ष नवल खड्काले नेपाली सिनेमा क्षेत्रलाई माथि लैजानकाका निमित्त पत्रकारको भूमिका अहम हुने भएकाले आफ्नो संघ सदैव हातेमालो गरि अगाडी बढन तयार रहेको बताएका थिए ।

kalakar

बक्स अफिसको सम्मान
बक्स अफिस फिल्मी क्लबले शान्तिप्रियको अध्यक्षतामा निर्वाचित भएको चलचित्र पत्रकार संघको नयाँ कार्यसमितिलाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । क्लबका अध्यक्ष आरके सुवेदीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पत्रकार संघको नयाँ कार्यसमितिलाई स्वागत गर्दै उक्त सम्मान गरिएको हो । गत सोमबार बक्स अफिस फिल्म अवार्डको मनोनय सार्वजनिक कार्यक्रमको अवसरमा पत्रकार संघका कार्यसमितिलाई सम्मान गरिएको हो ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु