शिल्पीमा सकियो नाटक ‘राजेन्द्र लक्ष्मी’

म्यूजिक खबर
प्रकाशित: ८ माघ २०७४, सोमबार

काठमाडौं, ८ माघ । ख्वापा नाट्य समुहले शिल्पी नाटकघरमा मञ्चन गरेका नाटक राजेन्द्र लक्ष्मी सकिएको छ । पुष २५ गते देखि मञ्चन सुरु गरेको राजेन्द्र लक्ष्मी माघ २ गते सकिएको हो । प्रचण्ड मल्लद्धारा लिखित नाटकलाई प्रदिप खड्गी पासाले निर्देशन गरेका हुन् ।

पृथ्वी नारायण शाहले गरेको एकिकरण अभियानलाई नायवी राजेन्द्र लक्ष्मीले निरन्तरता दिएकी थिइन । उनले लमजुङ,तनहु, गोरखा आक्रमण गरेको इतिहासलाई नाटकमा देखाइएको थियो । नारि पनी कमजोर हुदैनन् भन्ने भाव नाटकले देखाउन खोजेको छ ।

नारी पनी युद्धमा होमिएर बिजय प्राप्त गर्छन भनने कुरा नाटक मार्फत देखाइएको हो । नाटकका निर्देशक प्रदिप खड्गीले बताए । अहिले देशमा राष्ट्रपती बिद्यादेवि भण्डारी पनी एउटा नारी हो । जो देश हाक्न सक्ने नारिका रुपमा लिन सकिन्छ । नाटकले राष्ट्रप्रेम, सद्भाव र देशका प्रजालाई माया गर्नुपर्छ ।

परि आएको खण्डमा नारि युद्धमा होमिएर देशलाई बचाउन सिकन्छ भनेर सन्देश दिएको छ । त्यसैले यो नाटकलाई हामीलाई मञ्चन गरेको प्रदिपले बताए । यो नाटक स्वर्गिय राजा बिरेन्द्रले २०५८ सालमा हाल रहेको संसदिय भवनमा हेरेका थिए । जस बेला लेखक प्रचण्ड मल्लले नै निर्देशन गरि उत्त नाटक मञ्चन भएको थियो । राजा बिरेन्द्रले हेरेको अन्तिम नाटक समेत हो ।

यो नाटकमा मूख्य भुमिका अर्थात राजेन्द्र लक्ष्मीको एना देउजा रहेकी थिइन । उनको अभिनय तारिफ योग्य नै रहेको थियो । त्यस्तै अन्य कलाकारहरुमा हेमन तन्डुकार, अर्जुन बोहोरा, सुरज सुबेदी, दिलिप बिष्ट, सञ्जय माली, सुरेन्द्र कटवाल, लेविदत्त थापा, अस्मिता पौडेल, दिपेश काफ्ले, केशव सिंह ठगुना, आयुष प्याकुरेल, महेश पौडेल, िकरण चापागाई, युनिषा गुरुङरोहित खत्री, अनिषा कोइराला म्राटिना दिक्रुज, बिनोद पौडेल रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु