शिवलाई यत्ति जान्न मन छ….

म्यूजिक खबर
प्रकाशित: २ बैशाख २०७२, बुधबार

काठमाडौं । शिव सुवेदी भनेपछि लोकदोहोरी गीति लेखनको क्षेत्रमा उत्कृष्टमध्येका एक पर्ने गर्छन् । घामजस्तो चम्किलो जुन हुँदैन, भुल्नै भयो धौ, घामले नि पोल्दियो, किन यस्तो हुन्छ, दुखेको देश, आमा तिम्रो जस्ता चर्चित गीतहरु सिर्जना गरिसकेपछि उनको सांगीतिक करिअर शिखरमा पुगेको हो । शब्दका माध्यमले समाज होस् या माया प्रेमको परिभाषा होस् उनले प्रष्टसँग दिन सक्छन् । शिव सुवेद ीभनेपछि लोकदोहोरीमा सबैले सम्मान गर्ने नाम बनेको छ । उनको शब्द सिर्जनाले अन्त्यानुप्रयास मात्र मिलाउने काम गरेको छैन एउटा कथा बोक्ने गरेको हुन्छ । मायाप्रेम, समाज होस् या जीवनभोगाईका क्षण हुन् सबैमा उनका शब्दले कथासार बोकेको हुन्छ ।
पछिल्लो समय शिव सुवेदीले युवापुस्ताले भोग्न पुगेको कथालाई गीतमार्फत् व्यक्त गरेका छन् । सँगै पढ्ने साथीहरुको घरघडेरी भइसकेको अवस्थामा आफू भने पढाइमै व्यस्त भएर जीवन बिग्रेको हो कि भन्ने अनुभूतिलाई व्यक्त गरेका छन् । विद्या ठूलो कि पैसा ठूलो भन्ने विषय जान्न मन भएका सुवेदीले एउटा सामाजिक वातावरणलाई युवपुस्तामा व्यक्त गरेको छ । जुन गीतको शब्द संगीत शिव सुवेदीको रहेको छ भने पशुपति शर्मा र स्मृति पुनको स्वर रहेको छ । बब्बु थापालेको निर्देशनमा रहेको उक्त म्यूजिक भिडियोमा पशुपति र आशाले अभिनय गरेका छन् । त्रिभुवन युनिभर्सिटीमा साइन्स विषयमा अध्ययन गरिरहेका सुवेदीले युनिभर्सिटीकै कथालाई समेटिएको भन्दा फरक पर्दैन ।

भिडियोका लागि तलको लिंक क्लिक गर्नुहोस्

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु