
असोज ७, काठमाडौं । भर्सटाइल गायक तथा सङ्गीतकार शिव परियारको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार तथा कवि श्वेता मैनालीका शब्दमा रहेको ‘बर्षौं भो छोडेको’ बोलको गीतको भिडियो दशैँको शुभ मुहर्त पारेर सार्वजनिक भएको हो ।
मैनालीको शब्द रचनामा गत वर्ष सार्वजनिक भएको ‘नभेटी नभेटी’को भाग दुईको रुपमा यो गीत ल्याईएको हो । यस गीतमा नेपालबाट आफू तथा आफ्नो परिवारको सुखद भबिष्यका लागि विदेशिने लाखौं नेपाली युवाहरुको जीवन कथा, आफ्नो परिवार प्रतिको माया प्रेम अनि सम्झना र पीडाले सताइरहने दैनिकीलाई उतारिएको छ ।
ब्रायन राईको निर्देशन तथा छायांकनमा बनेको गीतको भिडियोमा नेपाली रङ्गमञ्च क्षेत्रका सुलक्षण भारती तथा केनिपा सिंहको जिवन्त अभिनय रहेको छ । यस गीतमा बिनय कंसाकारको सम्पादन रहेको छ ।
हेर्नुहोस् भिडियो: