श्याम अभिनयमा व्यस्त बन्दै

म्यूजिक खबर
प्रकाशित: १ श्रावण २०७२, शुक्रबार

श्याम कार्की अभिनयमा स्थापीत भैसकेको नाम हो । उनी यतिबेला माइतीघर फिल्ममा रहेको ‘नमान लाज यस्तरी’ बोलको रिभाइव गरीएको गीतमार्फत फेरि सार्वजनिक भएका छन् । उक्त म्यूजिक भिडियोमा श्याम श्रेष्ठले अभिनय गरेका छन् भने उनलाई चर्चित मोडल सृष्टी श्रेष्ठले  साथ दिएका छन् ।
बलिवूडमा केहि समय अघि मात्र सार्वजनिक गरिएको ‘कभी जो बादल वर्षे’ बोलको गीतमा सन्नी लियोनको सट्टामा अभिनय गरेकी मिस नेपाल २०१२ कि विजेता तथा मोडल सृष्टी र गायक तथा मोडल श्याम कार्कीको जोडीले अनस्क्रिन रोमान्स गरिएको उक्त म्यूजिक भिडियोलाई द रिवेल क्रियशनले बजारमा ल्याउने भएको छ ।  उक्त गीतमा शब्द किरण खरेलको र संगीत जयदेबको रहेको छ ।

shyam karki_shiristi sherestha

ओर्जिनल भर्सनमा प्रेमध्वज प्रधान र र उषा मंगेशकरले स्वर दिएका थिए भने अब आउने यस गीतको रिमेकमा गायक प्रकाश तिमल्सिना र जमुना शर्माको स्वर रहेको छ। गीतको छायाँकन अनिलकृष्ण मानन्धर (एनिक्युरेल) ले गरेका छन् ।

shyam karki

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु