श्रीमती हेरेर गीत लेखिन्नँ: संग्रौला

म्यूजिक खबर
प्रकाशित: २३ श्रावण २०७२, शनिबार

काठमाडौं । किन जुध्यो आँखा भन्थे माया बस्न रैछ बोलको निकै चर्चित गीतका गीतकार लय संग्रौलाले श्रीमतीलाई हेरेर गीत लेखिन्नँ भने । राजधानीमा भएको राजकुमार प्रधानको जीवन एल्बम विमोचनको अवसरमा बोल्दै संग्रौलाले गीत लेखिँदा सबैले प्रेम प्रेमिकालाई नै हेरेर लेखिएको हुँदा अहिलेसम्म कुनै पनि स्रष्टाले श्रीमतीलाई हेरेर गीत नलेखिएको बताए । आफ्नो एल्बम कल्पवृक्षको लेखनका बारेमा श्रीमतीसँगको सम्वादलाई जोड्दै संग्रौलाले एल्बम निकाल्ने र गीत गाउनु मात्रै ठूलो नभएको बताए ।

IMG_5296
संग्रौलाले आफ्नो जीवनका ठट्यौली प्रसंग गर्दै गीत लेख्नु, गाउनुभन्दा पनि त्यसलाई बचाउन सक्ने खुबी महत्वपूर्ण हुने बताए । अहिलेका गीतकारहरुले प्रेमिकालाई घुक्र्याउने गीत मात्रै लेख्ने गरेको बताए ।
सोही अवसरमा अन्तर्राष्ट्रिय साहित्य समाजका उपाध्यक्ष एवं नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीले गीत जति बढी लेखिए पनि त्यसको वास्तविक रुपमा लाइबेरी बनाएर राख्ने कोही पनि नभएको बताए । साहित्य समाजले विश्वभरि छरिएर रहेका साहित्यकारहरुको सिर्जनालाई लाइबेरी बनाएर राखेको बताउँदै संगीतमा पनि त्यसको यकिन डाटा राख्नु पर्ने बताए । संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको औचित्य नभएको बताउँदै संगीतमा लाग्ने संघसंस्थाहरुले लाइबेरी बनाएर राख्न नसकेको हुँदा संगीत क्षेत्र भद्रगोल बनेको आरोप लगाए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु