श्रीराजको ‘हिँड्दा हिँड्दै’

म्यूजिक खबर
प्रकाशित: ७ फाल्गुन २०७३, शनिबार

फागुन ७, काठमाडौं । श्री राज ईन्टरटेन्मेण्ट प्रालिले ‘हिँड्दा हिँड्दै’ वोलको गीत बजारमा ल्याएको छ । युवापुस्तालाई लक्षित गरि निर्माण गरिएको उक्त गीतमा मेलिना राईको स्वर रहेको छ । गीतलाई सकुन आँसुले लेखेका हुन् भने डिआर अटुले संगीत भरेका हुन् ।

rajib shrestha 03
श्री राज ईन्टरटेन्मेण्ट प्रालिकै निर्माणमा गीतको म्युजिक भिडियो तयार पारिएको छ । हेरु लामाको निर्देशनमा रहेको उक्त भिडियोमा राजिव वलामी (श्रेष्ठ), निता राई र सिर्जना किँरातिको नृत्य रहेको छ ।

rajib shrestha 04
भिडियोलाई विरेन्द्र भट्टले खिचेका हुन् भने किरण थापाले सम्पादन गरेका हुन् ।भिडियोलाई काठमाडौंको चोभार, किर्तिपुर, अनामनगरलगाएतका रमणिय स्थानमा छाँयाकन गरिएको उक्त गीतका मोडल वलामीले बताए । वलामिले थपे, ‘म्युजिक भिडियोहरु धेरै निर्माण भएका छन् तर सबै उस्तै खालको मात्र बनेको भेटिन्छ । त्यसैले हामीले यो भिडियो अलि फरक किसिमले निर्माण गरेका छौँ ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु