श्वेता र दयाको ‘कान्छी’ ट्रेलर रिलिज (भिडियो)

म्यूजिक खबर
प्रकाशित: ९ माघ २०७४, मंगलवार

माघ ९, काठमाडौं । नायिका श्वेता खड्काले कमब्याक गरेको बहुप्रतिक्षित फिल्म ‘कान्छी’ को ट्रेलर मंगलबार रिलिज गरिएको छ। आगामी फागुन ४ गतेदेखि प्रदर्शनमा आउन लागेको ‘कान्छी’ को ट्रेलर काठमाडौँको क्यूज हलमा एक कार्यक्रमबीच रिलिज गरिएको हो ।

यो फिल्मको ट्रेलर फिल्मका निर्माता, निर्देशक, कलाकार र पत्रकारहरुको उपस्थितिमा सार्वजनिक गरिएको हो । निर्मातासमेत रहेकी श्वेताले कमब्याक गरेको यो फिल्म सुरुबाटै चर्चामा छन ।

फिल्मको ट्रेलरले दर्शकको मन तानिरहेको छ। ‘कोहिनूर’ का निर्देशक आकाश अधिकारीले ‘कान्छी’ को पनि निर्देशन गरेका छन् । यो फिल्ममा श्वेता खड्का र दयाहाङ राई मूख्य कलाकारका रुपमा रहेका छन् । त्यसैगरी यो फिल्ममा प्रज्जवल सुजल गिरी, अनु शाह र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठलाई पनि देख्न पाइनेछ ।

गाउँमा हुर्केकी ‘कान्छी’ को कथा समेटिएको यो फिल्मको सुटिङ राजधानी काठमाडौँ र मुस्ताङसहितका स्थानमा गरिएको छ । यो फिल्मका निर्माता शैलेश खड्का छन् । सहनिर्माताकारुपमा रविन छन् । यो फिल्मको छायाँकन पुरुषोत्तम प्रधानले गरेका छन् ।

यसमा संगीत भने तीन संगीतकारहरु अर्जुन पोखरेल, शम्भूजित बाँस्कोटा र राजनराज सिवाकोटीको छ । पति श्रीकृष्ण श्रेष्ठको निधन भएपछि विश्राम लिएकी श्वेताको कमब्याकलाई दर्शले रुचाउने विश्वास गरिएको छ । यसअघि श्रीकृष्णसँगै श्वेताले ‘कोहिनूर’मा खेलेकी थिइन् । उनी त्यो फिल्ममा पनि निर्माता र नायिका थिइन् ।

 

भिडियो :-

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु