संगीतकारको नेतृत्वमा शेष

म्यूजिक खबर
प्रकाशित: १८ जेष्ठ २०७१, आईतवार

काठमाडौं, १८ जेठ । नेपाली संगीत निर्देशक संघको नयाँ नेतृत्वमा लक्ष्मण शेष आएका छन् । शम्भूजित बास्कोटाको नेतृत्वमा रहेको संगीतकारहरुको छाता संगठन नेपाली संगीत निर्देशक संघमा भएको नयाँ कार्यसमितिमा लक्ष्मण शेष अध्यक्ष पदमा निर्वाचित भएका हुन् । गत शुक्रबार भएको संगीतकारहरुको वार्षिक साधारणसभाबाट लक्ष्मण शेषको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
अध्यक्ष शेषका अलावा उपाध्यक्षमा आलोक श्री र शान्तिराम राई निर्वाचित भएका छन् भने महासचिवमा महेश खड्का निर्वाचित भएका हुन् । त्यस्तै सचिवमा चेतन सापकोटा, कोषाध्यक्षमा हरि लम्साल चयन भएका छन् । सदस्यहरुमा भने वसन्त सापकोटा, शशि रावल, पारस मुकारुङ, सुनिल मास्के, मिलन मोक्तान रहेका छन् ।
संगीतकारहरुको छाता संगठनका रुपमा स्थापना भएको नेपाली संगीत निर्देशक संघले आफ्नो वार्षिकोत्सवका अवसर पारेर गीतसंगीत क्षेत्रमा लागेका स्रष्टाहरुलाईसमेत सम्मान गरेको थियो । जसमा संगीतकार सिके रसाइली, गायिका मिरा राणा, संगीतकार गणेश परियार, गीतकार जगत मर्दन थापालगायतलाई सम्मानित गरिएको थियो । त्यस्तै संघले आफ्नो साधारणसभाबाट संस्थाको नाम परिवर्तन गरी संगीतकार संघ नेपाल बनाएको छ ।

composor composor (5) composor (4) composor (3) composor (2)

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु