संगीतकारको प्रतिनिधित्व हुन्छ : राजकुमार

म्यूजिक खबर
प्रकाशित: ३ असार २०७२, बिहीबार

काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष राजकुमार राईले बोर्डमा भएको कल्याणकारी कोषमा संगीतकारहरुको पनि प्रतिनिधित्व हुने बताएका छन् । संगीतकार संघ नेपालले आयोजना गरेको बधाई कार्यक्रममा बोल्दै अध्यक्ष राजकुमार राईले संगीतकारहरु भनेको एउटा महासागर भएको र संगीतकारकै कारण चलचित्रले पूर्णता पाउने गरेको बताउँदै बोर्डमा संगीतकारको पनि प्रतिनिधित्व हुने बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि एवं सम्मानित व्यक्तित्व बोर्ड अध्यक्ष राजकुमार राईले आफू अध्यक्ष हुँदैमा कुनै कायापलट नै नहुने तर चलचित्र उद्योगको केही न केही विकास भने गर्ने बताएका थिए । बोर्डले गर्नुपर्ने धेरै कामहरु छन् तर म बोल्न भन्दा काम गरेर देखाउँछु राईले भने ।
संगीतकार संघ नेपालको हलमा आयोजना गरिएको बोर्डका अध्यक्ष राईको बधाई कार्यक्रममा बोल्दै संगीतकार संघका उपाध्यक्ष एवं प्राज्ञ शान्तिराम राईले चलचित्र उद्योगको कुरा बुझेको मान्छे बल्ल बोर्ड अध्यक्ष नियुक्त भएकोमा बधाई एवं सफल कार्यकालको शुभकामना दिएका थिए । राईले अब संगीतकारहरुको पनि बोर्डमा प्रतिनिधित्व गराउने विश्वास लिएको बताएका थिए ।

rajkumar rai-comoser
त्यस्तै संगीतकार संघका अध्यक्ष लक्ष्मण शेषले संगीतकारहरुलाई माया गर्ने मान्छे बोर्ड अध्यक्ष हुनुभएकोमा चलचित्र उद्योगले विकासको गति लिने बताएका थिए । उनले संगीतकारहरुले विगतका वर्षहरुमा गरेको आन्दोलनको सफलता बल्ल मिलेको बताउँदै आफू नै बोर्ड अध्यक्ष भएको अनुभव भएको बताएका थिए । कार्यक्रममा गीतकार संघ नेपालका उपाध्यक्ष विपिन किरण, उत्पादक समाजका संस्थापक अध्यक्ष भगवानकुमार श्रेष्ठलगायतले राईलाई शुभकामना दिएका थिए । कार्यक्रम संगीतकार संघ नेपालका महासचिवका महेश खड्काले संचालन गरेका थिए । संगीतकारहरुले कलाकर्मीको वर्गीकरण सम्बन्धमा पनि राईसामु कसरी अघि बढ्न सकिन्छ भन्नेमा कुरा उठाएका थिए भने कल्याणकारी कोषमा संगीतकारहरुको प्रतिनिधित्व हुनेपर्ने माग पेश गरेकोमा त्यसको सुनुवाई हुन नसकेको पनि बताएका थिए ।

composer association

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु