संगीतकार खड्गीको निधन, प्रज्ञा भवनमा श्रद्धाञ्जली दिनेको भीड

म्यूजिक खबर
प्रकाशित: ७ माघ २०७२, बिहीबार

एक्लै बस्दा, सिरानीले बिझायो कि, मेरो माया छ भने जोडाजस्ता चर्चित गीतहरुका संगीतकार रत्नबहादुर खड्गीको ७९ वर्षको उमेरमा आज विहान ६ बजे निधन भएको छ । त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा फोक्सोमा देखिएको तेस्रो तहको क्यान्सरको उपचार गराईरहेका संगीतज्ञ खड्गीलाई रोगले च्याप्दै गएपछि भक्तपुर क्यान्सर अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको बिहीबार बिहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । यतिबेला उनको पार्थिव शरीरलाई प्रज्ञा प्रतिष्ठानमा श्रद्धाञ्जलीको लागि राखिएको छ । गीतसंगीत क्षेत्रका संगीतकर्मी, गीतकार, गायक गायिकाको उपस्थिति भइरहेको छ ।

mero yatra
‘कर्मको रेखा नमेट्दो रैछ’ उनकै संगीतमा सिर्जना भएको गीत आज उनकै जीवनमा मेल पुगेको छ । बहुप्रतिभाका धनी रत्नबहादुरले हजारौं गीतमा सुमधुर संगीत भरेका, आधा दर्जन गीत लेखेका र झन्डै एक सयवटा गीतमा स्वर दिएका छन् । पछिल्लो समय उनी आफ्नै लगानी र संयोजनमा एकल एल्बम ‘मेरो यात्रा’ को तयारीमा थिए । मिक्सिङको अन्तिम तयारीमा रहेका बेला छातिमा समस्या देखिएपछि मोडेल अस्पताल पु¥याउँदा क्यान्सर भएको थाहा भएको थियो ।

ratna-khadgi
खोकीमा रगत देखा परेपछि मोडल अस्पतालमा भर्ना हुँदा बागबजारनिवासी रत्नको बोली ठप्प भएको थियो । २०१० सालमा रेडियो नेपालमा गीत गाएर सांगीतिक यात्रा थालेका रत्नका एक्लै बस्दा, सिरानीले बिझायो कि, मेरो माया छ भने जोडाजस्ता दर्जनौं गीत चर्चित र सदाबहार किसिमका छन् ।
संगीतकार खड्गीको मृत्युको खबर पाएपछि सामाजिक सञ्जालमा केही संगीतकर्मीले यसरी लेखेका छन्ः


suraj kumar thapa santosh shrestha prollas pramod kharel pawal chamling parsuram rijal nikhita thapa milan amatya manojraj juna prasain geetkar sangh bhavesh bhumari arjun pokharel

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु