संगीतकार सन्तोष श्रेष्ठलाई ‘उत्कृष्ट युवा पुरस्कार’

म्यूजिक खबर
प्रकाशित: ८ पुष २०७४, शनिबार

पुष ८, भैरहवा । साहित्य, कला, सङ्गीत र संस्कृतिको क्षेत्रमा उत्कृष्ट योगदान पू¥याए वापत लोप्रिय सङगीतकार सन्तोष श्रेष्ठ ‘उत्कृष्ट युवा पुरस्कार’ बाट पुरस्कृत भएका छन् ।

नेपाल जेसिजको ४४ औं वार्षिकोत्सवको सन्दर्भमा श्रेष्ठ सम्मानित भएका हुन् । प्रमुख अतिथि पुर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) त्रिभुवननगर जेसिजका अध्यक्ष दिपक शर्मा र नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष प्रकाश प्रसाद अधिकारी लगायतले श्रेष्ठलाई उक्त पुरस्कार प्रदान गरेका हुन् ।

सो क्रममा अन्य देश तथा समाजमा सकारतात्मक योगदान पू¥याउने विभिन्न व्यक्तित्वहरुलाई समेत पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो ।

सयौं गीतहरुमा संगीत भरेका श्रेष्ठका तिमीले पराई ठानेपछि, कति खुशी हुन्थें होला लगायतका थुप्रै गीतहरु हिट छन् ।

नेपाल जेसिजको महाधिवेसन ८,९, र १० गते हुँदैछ । महाधिवेसनको उद्घाटन आज भव्यरुपले सम्पन्न भएको छ । ९ गते भैरहवामा शान्ति ¥याली हुनेछ भने १० गते नयाँ नेतृत्वको लागि चुनाव हुनेछ । यो बीचमा विभिन्न तालिम तथ गोष्ठी पनि हुनेछन् ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु