संगीतको निशा भएकी मनिषा

म्यूजिक खबर
प्रकाशित: २१ मंसिर २०७३, मंगलवार

manisha-rai1

काठमाण्डौ, २१ मङ्सिर । नेपालको पूर्वि पहाडि जिल्ला खोटाङ साहित्य र संगीतमा निकै नै अघि छ । थुप्रै ख्याती कमाएका धेरै स्रष्टाहरुलाई खोटाङले जन्माएको छ । यस्तै पछिल्लो समयमा खोटाङबासी स्रष्टाको नामको सुचिमा गायिका मनिषा राईको पनि नाम थपिएको छ । यसो त उनी स्कुले जिवनमा छँदा गायन र कुशल नृत्य प्रस्तुत गर्ने गर्दथिन् । तर मनिषालाई यतिबेला नृत्यंगना कम र गायिका बढि भएको हामी पाउँछौं । सानैदेखि गायनप्रतिको लगाव र क्षमता भएका कारणले उनी आज प्रतिभाशाली गायिकाको खेमामा उभिएकी छिन् ।

गायनमा भएको क्षमताकारणले उनले बैदेशिक रोजगारको सुखद अनुभव पनि संगालिसकेकि छिन् त्यो पनि गायनमै । कलिलो उमेरदेखि नै संगीतको नशाले छोएकी मनिषाले दुबईको याक एण्ड यति होटलमा २ वर्ष र बहराईनमा ३ महिना गायन यात्राको अनुभव संगालिसकेकी छिन् । यतिबेला भने राजधानीको दरबारमार्ग स्थित मधुशाला गजल रेष्टुरेण्टमा स्थापित कलकारहरु उदय सोताङ, मनिला सोताङ, टिका प्रसाई जस्ता स्थापित कलाकारको साथमा गीत गाएर सुनाउँदैछिन् ।

‘संगीत त एउटा जीवन जस्तै रहेछ, ‘रुँदा नी चाहिने हाँस्दा नि चाहिने । अनि ‘मान्छेको मानसिकता परिवर्तन गर्ने तागत कुनै कुरा सँग छ भने त्यो संगीतमा छ । जसका कारण मान्छेले पीडा समेत भुल्छ’ भनेर संगीतको परिभाषा गर्ने मनिषा खोटाङका स्थापित जनवादी कलाकार हेम नाछिरिङको संगतमा रेडियो सुनेर संगीतमा लहसिएको लागेको बताउँछिन् । यस्तै गीत संगीतले दुनिया परिवर्तन गर्ने र समाज परिर्वतनका निम्ति गीत संगीतले महत्वपुर्ण जागरण दिने उनको मान्यता छ ।15301256_1454488174591342_1485711913_n

करिब ३ सय गीत रेकर्ड गराईसकेकी मनिषाले बाल्यकाल भिरपाखामा दाउरा घाँस गर्दै स्वरले साधना पाएको दावि समेत गरेकी छन् । उनले दाउरा घाँस गर्दा गाएको गीतलाई गाउँलेले परिचय नै बनाइदिएको जनाइन् । स्कुलको पढाई सकेर काठमाडौं छिरेकी उनले कैलाश राई सँग संगीतको सा रे ग म सिकेकी हुन् ।

पहिलो पटक चौधरी भाषाको ‘दिवानी मस्तानी, तुमोर पियारी’ बोलको गीत रेकर्ड गरेर गायनमा डेब्यु गरेकी हुन् । हाल सम्म एकल र डोयट गरी ३ वटा एल्वम बजारमा ल्याइ सकेकी उनले ‘निष्ठुरी, बहाव, तुलसी मन्जरी’ नामको एल्वम बजारमा दिईसकेकी छिन् । आधुनिक गीतका साथै पपगीतहरु समेत राम्रै गाउने मनिषाले आफूलाई संगीतको गहिरो नशा लागेकाले यहि क्षेत्रमा पहिचान बनाउनमा मात्र ध्यान रहेको बताउने मनिषाले नारायण गोपालका गीतहरु देखि अरुणा लामाको फ्यान भएको बताइन् ।

14520530_543244589220128_753531303105157826_n

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु