संगीतमा आधा अर्जुन, आधा अन्जु ! हेर्नुहोस् भिडियो

म्यूजिक खबर
प्रकाशित: १ मंसिर २०७४, शुक्रबार

मङ्सिर १, काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका चर्चित एवं लोकप्रिय गायिका अन्जु पन्त र गायक एवं संगीतकार अर्जुन पोखरेलले आफुहरु एक अर्काका लागि आधा आधा भएको बताएका छन् ।

माघ ४ गते देखी देशैभरी प्रदर्शनमा आउने चलचित्र “पिंजडा ब्याक अगेन” को “तिमी नि आधा” बोलको गित काठमाडौंमा एक कार्यक्रम गरी सार्वजनीक गरिएको छ |

निखिल उप्रेती र सारा शिर्पाली फिचर गितमा अर्जुन पोख्रेल र अन्जु पन्तले आवाज दिएका छन् भने गितमा संगीत अर्जुन पोख्रेलले नै भरेका छन् |

गीतको शब्द मुक्त उदासले लेखेका हुन् | रामरामजी लामिछानेले भीडीयोमा कोरियोग्राफी गरेका छन भने चलचित्र हिमाल केसीको निर्देशनमा बनेको छ |

१९ बर्ष पहिले “पिंजडा” चलचित्रबाट निखिल उप्रेतीले डेब्यु गरेका थिए | “पिंजडा ब्याक अगेन”को कथा मौनता श्रेष्ठले लेखेका हुन् |

निखिल र साराका अलवा पुकार भट्टराई,ज्याक श्रेष्ठ लगायतको कलाकारको अभिनय रहेको छ |

हेर्नुहोस् भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु