संगीत उद्योग संघले १५ जनालाई सम्मान गर्ने

म्यूजिक खबर
प्रकाशित: १६ भाद्र २०७४, शुक्रबार

१६ भाद्र २०७४, काठमाडौं । नेपाल संगीत उद्योग संघले आफनो बार्षिक उत्सवका अबसरमा संघका संस्थापक सहित १५ जनालाई बिशेष सम्मान गर्ने भएको छ । आज राजधानीमा एक कार्यक्रम गरि संस्थापक १० जना पूर्व अध्यक्ष ४ जना र एकजना म्यूजिक ब्यबसायी गरी १५ जनालाई सम्मान गर्न लागिएको संघका अध्यक्ष सूर्य मगरले जानकारी दिए । नेपाल सरकारका प्रबक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा महजोडी मदनकृष्ण श्रेष्ठ हरिबंश आचार्य सहित संघका पुर्व अध्यक्षहरुलाई सम्मान गरिने भएको हो ।


त्यसैगरी प्रसिद्ध गायक तथा संगीतकार गोपाल योञ्जनलाई मरणोपरान्त सम्मान गरिने संघका अध्यक्ष मगरले जानकारी दिए ।

त्यसैगरी कार्यक्रममा म्युजिक ब्यबसायीतर्फको सम्मान म्यूजिक नेपालका प्रबन्ध निर्देशक सन्तोष शर्मालाई दिइने संगीत उत्पादक समाज नेपालका अध्यक्ष निर्मल ढकालले जानकारी दिएका छन् । कार्यक्रममा उत्पादक हरुको रोयल्टी पनि बितरण गरिने ढकालले बताए । सीडब्लु पार्टी प्यालेस कमलादीमा हुने उक्त कार्यक्रममा संघको स्मारिका पनि सार्बजनिक गरिने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु